धनकुटा ३१ असार ।
शीपले मानिसलाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाउने आज आयोजित शीपमूलक तालिमको समापन कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले शीपले आयआर्जन बनाई देशलाई समृद्धि र सम्पन्न बनाउने बताए । सो कुरा घरेलु विकास समिति धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाद्वारा आयोजित तालिमको प्रमाण पत्र वितरण कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख बंगलाकुमारी राईले ३ महिने स्वीटर बुनाई र आधारभूत कम्प्युटर तालिमको प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिममा सिकेका शीपलाई व्यवहारमा उत्तार्न सके आत्मनिर्भर हुने बताईन ।
यसैगरी सुईटर बुनाई तालिमका १३ जना र आधारभूत कम्प्युटर तालिमका १३ प्रशिक्षार्थीहरुलाई घरेलु तथा सानाउद्योग विकास समिति धनकुटका निर्देशक दिपक पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष विजयसन्तोषी राइलगायतले प्रमाण पत्र वितरण गर्दै शीप बिनाको मानिस अपुरो र अधुरो हुने भएकाले शीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिएका थिए ।
घरेलु महासंघका अध्यक्ष विजयसन्तोषी राईको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन महासचिव जयन्द्र प्रधानले र स्वागत मन्तव्य उपाध्यक्ष कुसुम रानाले गरेका थिए ।
घरेलु तथा साना उद्योग विकास समिति धनकुटा र घरेलु तथा साना उद्योग महासंघको आयोजनामा तन महिने हाते होजियारी स्वीटर बुन्ने र तीन महिने आधारभूत कम्प्युटर तालिम संचालन भएको थियो । कार्यक्रममा प्रशिक्षक तारा तिवारी बस्नेत, करुण लावतीर्, , उपाध्यक्ष कुसुम राना, महासचिव जयन्द्र प्रधान, सचिव सुमना तिम्सिना, नेपाल प्रेस युनियनका सचिव विकास घिमिरे, साथि बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मनोज डंगोल, गायिका जुनी राईलगायतको सहभागीता रहेको थियो ।