• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाको विकासप्रति प्रदेश सरकार चिन्तित

बेलहारा सडक निर्माणको आर्थिक मामिला तथा योजनामन्त्रीबाट शिलान्यास

Dhankuta News by Dhankuta News
२०७६, ६ श्रावण सोमबार २३:४८
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाको विकासप्रति प्रदेश सरकार चिन्तित

धनकुटा । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले राजधानीको क्षतिपूर्ति हुने गरी धनकुटाको विकासमा प्रदेश सरकार चिन्तित रहेको जानकारी दिए । मन्त्री आङ्वोले प्रदेशको राजधानी धनकुटा बनाउने चाहना हुदाँहुदै नसकेकोले मुख्यमन्त्रीको सम्पर्क कार्यालय देखि विभिन्न प्रदेशस्तरीय कार्यालयहरु स्थापना गरेको बताए । उनले धनकुटामा पाँच सय शैयासहितको शिक्षण अस्पताल स्थापना गर्न यस आवमा साढे १६ करोड बजेट विनियोजन गरेको बताए ।

मन्त्री आङ्वोले धनकुटाको बेलाहारमा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रे गर्ने कार्यको शिलान्यास पछि आयोजित आमसभामा यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री आङ्वोले धनकुटाको ऐतिहासिक शहीदभूमि तथा पवित्र धार्मिकस्थल छिन्ताङदेवी मन्दिरसम्म कालोपत्र गरिने आश्वासन दिए । उनले धनकुटा ऐतिहासिककालदेखि प्रशासनिक, शैक्षिक, स्वास्थ्य केन्द्रका रुपमा रहिआएकोले यसको जीवन्तता कायम राख्दै थप सुविधाका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।

मन्त्री आङ्वोले यो सडक निर्माण सम्पन्न भएपछि कृषिउपज आयात गर्नेभन्दा यहाँ उत्पादित वस्तु निर्यात गर्न उत्पादनमा जोड दिन आग्रह गरे । उनले जवसम्म आर्थिक रुपमा सम्पन्न होईदैन तवसम्म सडकबाट फाईदा लिन नसकिने बताए ।

मन्त्री आङ्वोले प्रदेश सरकारले यस आवमा पूर्वाधार विकास मा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताए । उनले पूर्वाधार विकास बाहेक प्रदेशमा कृषि र पर्यटनको प्रचुर संभावना रहेकाले कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

मन्त्री आङ्वोले देशको कुल जनसंख्याको दुइतिहाई कृषिमा निर्भर रहेको भएपनि आफैलाई खानपुग्ने उत्पादन गर्न नसकेको बताउँदै कृषिमा यान्त्रीकरण र व्यवसायीकरणको खाँचो रहेको औल्याए । उनले संघीयता कार्यान्वयन गर्न तीनै तहको सरकार एकतावद्ध हुनुपर्ने बताउँदै एउटा सरकार असफल भए संविधान र संघीयता असफल हुने बताए ।

मन्त्री आङ्वोले दुई तिहाइको सरकारले काम गर्न नसकेको गुनासो आइरहे पनि एकै रातमा काम दुई तिहाइको सरकारले गर्न नसक्ने बताए । उनले ठूला योजनाका काम संघीय सरकारले, मझौला खालका योजनाका काम प्रदेश सरकारले र साना तथा प्रत्यक्ष जनतासँग सरोकार राख्ने काम स्थानीय सरकारले गरिरहेको दावी गरे ।

पूर्वाधार विकास कार्यालय भोजपुरको २१ करोड ७३ लाख ७९ हजार ४ सय २३ रुपैयाँ ५१ पैसाको सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्रेको ठेक्का रमण दिव्यज्योती रोजन जेवी काठमाण्डौले पारेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज केडीले जानकारी दिए । उनकाअनुसार सडक कालोपत्रेको काम दुई वर्ष भित्र सक्ने गरी निर्माण व्यवसायी कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

सो अवसरमा प्रदेश सांसद तथा प्रदेश विधायन समितिको अध्यक्ष इन्द्रमणी पराजुलीले धनकुटाको विकास हुदैन भनेर चिन्ता लिनु नपर्ने बताउँदै प्रदेश सरकार धनकुटाको विकासमा चिन्तित रहेको बताए । उनले बेलहारामा विमानस्थल निर्माणका लागि पनि पहल भैरहेको बताए । यस्तै प्रदेश सांसद निरन राईले निर्माणाधीन गुठीटार बुलहारा सडक शहीदभूमिसम्म विस्तार गरिने जानकारी दिदै यो सडक निर्माण पछि पछाडी रहेका बेलहाराको मुहार फेरिने बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले सडक निर्माणले मात्र समृद्धि नआउने बताउँदै त्यसका लागि कृषि उत्पादनमा जोड दिन सुझाव दिए । यस्तै नगरप्रमुख चिन्तन तामाङले निर्वाचनताका दिएको आश्वासन पुरा गरेका बताए । हेमचन्द्र किरातीले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष सन्दिप रायमाझीले सडक निर्माणमा वजेट विनियोजन गरिदिएकोमा मन्त्री आङ्वो, पूर्वाधार मन्त्रालयप्रति आभार प्रकट गरे । सो अवसरमा मन्त्री आङ्वो लगायतलाई पञ्चेवाजासहितले स्वागत गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

लेडि जेसीद्वारा एक दिने उद्घोषण तालिम सम्पन्न

Next Post

एकै परिवारका तीन जना बेपत्ता, तमोरले बगाएको आशंका

Next Post
एकै परिवारका तीन जना बेपत्ता, तमोरले बगाएको आशंका

एकै परिवारका तीन जना बेपत्ता, तमोरले बगाएको आशंका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..