धनकुटा । पौडी खेल्न गएका एउटै परिवारका तीन जना वालवालिका तमोर नदीमा बगेर वेपत्ता भएका छन् ।
धनकुटा नगरपालिका–८ याक्चनाका शंखबहादुर राईका ९ बर्षीय छोरा सञ्जीव राई, ७ बर्षीय छोरी सलिना राई र ७ बर्षी छोरी सञ्जिला राई तमोर नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो वावुआमा खेतमा काम गर्न गएको मौका छोपी उनिहरु तमोर नदीमा पौडी खेल्न गएको परिवारको अनुमान
छ ।
वेपत्ता भएका वालवालिकालाई परिवार र आफन्तहरुले खोजी कार्य गरेपनि पत्ता नलागेपछि बुधवार मात्रै परिवारले प्रहरीलाई खवर गरेको थियो ।
घटना थाहा भएलगत्तै प्रहरी घटनास्थल तर्फ पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुर्दशन कोइरालाले बताए । उनका अनुसार खोजी कार्य गर्न नदि क्षेत्रमा मुलघाट र त्रिवेणी प्रहरी चौकीका प्रहरी परिचालन गरिएको छ ।