• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

समाजवाद भाषण गरेर हैन व्यहारले आउने हो ः पूर्वमन्त्री कार्की

Dhankuta News by Dhankuta News
२०७६, १३ श्रावण सोमबार २३:४४
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter
समाजवाद भाषण गरेर हैन व्यहारले आउने हो ः पूर्वमन्त्री कार्की

धनकुटा । पूर्वसूचना तथा सञ्चारमन्त्री एवम् संघीय सभाका सांसद सुरेन्द्रकुमार कार्कीले देशमा व्यवस्था परिवर्तन भएपनि आमजनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको बताए । सो कुरा सांसद कार्कीले तेस्रो हरिराज खेवा स्मृति दिवस एवं हरिराज खेवा स्मृति ग्रन्थको विमोचन गर्दै बताएका हुन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कार्कीले समाजवाद घोषणापत्रमा लेखेर र भाषण गरेर हैन जनप्रतिनिधिको व्यवहारमा आउनुपर्ने बताए । उनले समाजवादका वारेमा नेताले जनतालाई भनेर हैन आफु स्वयम्ले सो आचरण गरेर देखाउँदा मात्र अंगिकार गर्ने विचार व्यक्त गरे । अहिले जनप्रतिनिधिहरुको अवस्था नयाँ महाराजाको जस्तो भएकोमा चिन्ता व्यक्त गरे । उनले अहिलेको पुस्ताको कम्युनिष्ट र कांग्रेस पुष्पलाल र वीपी को सादगीबाट प्रभावित भएर राजनीतिमा समर्पित भएको उल्लेख गर्दै अहिले नेताहरुमा दलाल पँुजिवादी चरित्र बढ्दै गएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य कार्कीले दुई कम्युनिष्ट पार्टी मजबुत भएर नभई कमजोर हालतमा पुगेकाले एकता भएको बताए । उनले यदि एउटा मात्र गतिलो भएको भए उसमा दम्भ बढ्ने र अर्कोलाई कमजोर आकलन गर्ने भएकाले पार्टी एकता नहुने ठोकुवा गरे ।

नेता कार्कीले समाजवाद सिंहदरवारबाट पार्सलमा नआउने बताउँदै स्थानीय सरकारले अधिक लगानी शिक्षा, स्वास्थ्यमा गरेर सबै जनतालाई शिक्षित नबनाएसम्म देशको विकास नहुने बताए । उनले स्वर्गिय हरिराज खेवाले देश र जनताका लागि धेरै गर्न चाहन्थे । तर, अल्पायुमै निधन भएकाले स्वर्गीय खेवाले चाहेका जस्तो काम बाचेका कार्यकर्ता तथा शुभचिन्तकहरुले पुरा गर्नुपर्ने बताए ।
सो अवसरमा कार्यक्रममा १ नम्वर प्रदेशसभाका न्याय, प्रशासन, कानुन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले स्वर्गीय हरिराज खेवा बहुआयमिक व्यक्तित्वका धनि रहेको बताए । यस्तै प्रदेश सभा सांसद लिला सुब्बाले स्वर्गीय खेवाको अधुरो सपनालाई पुरा गर्न प्रतिष्ठान लाग्नु पर्ने बताईन ।

कार्यक्रममा पूर्व सांसदहरु गोपाल गुरागाई, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंक चुवान, राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, नगरपालिकाहरुको तर्फबाट महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, गाउँपालिकाहरुको तर्फबाट छथरजोरपाटीका अध्यक्ष शेरबहादुर लिम्बु, संघसंस्थाकोहरुको तर्फबाट हुसाडेक नेपालका उपाध्यक्ष गीता अधिकारी, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायतले स्वर्गीय खेवा विकास निर्माणमा सबैलाइृ समेटेर लानुपर्छ भन्ने मान्यता राख्ने कुशल नेता भएको बताउँदै खेवा राजनीत र साहित्यमा सफल व्यक्तित्व भएको चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य विष्णुमाया कन्दङ्वाले र कार्यक्रमको उद्देश्यमाथि प्रतिष्ठानका उपाध्यक्ष तिलक प्रसाद राईले प्रकाश पारेका थिए ।

स्वर्गीय हरिराज खेवा स्मृति प्रतिष्ठानका अध्यक्ष बिष्णुबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश नम्वर १ का सांसद तथा प्रतिष्ठानका सचिव कुसुम कुमारी श्रेष्ठले गरेका थिईन् ।

सो अवसरमा स्मृति ग्रन्थ प्रकाशन गर्न सहयोग गर्ने स्थानीय तहहरुलाइृ प्रमुख अतिथि कार्कीले सम्मान पत्र वितरण गरेका थिए ।
कार्यक्रममा ५४ जनाले पूर्व राज्यमन्त्री हरिराज खेवासँगको भएका स्मरण र स्वर्गीय खेवासँग सम्बन्धित विभिन्न तस्विर समेटिएको स्मृति ग्रन्थ विमोचन गरिएको छ । पछिल्लो समयमा नेपाली राजनितीलाई जनताले फोहोरी खेलको रुपमा लिएकाले असल व्यक्ति पनि राजनितीमा थिए भनेर चिनाउन स्मृति ग्रन्थ प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णु पारघरीले बताए । २०७३ साल साउन १३ गते धनकुटाको सिंधुवामा भएको बस दुर्घटनामा परि खेवा सहित १९ जनाको निधन भएको थियो।

स्वर्गीय खेवा तत्कालीन हात्तिखर्क गाविसका २०५४ सालमा अध्यक्षमा निर्वाचित भएका थिए । उनले २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित भई अर्थराज्यमन्त्रीसमेत भएका थिए । नेकपा माओवादी केन्द्र धनकुटाको अध्यक्षको समेत भएका स्वर्गीय खेवाका धर्मपत्नी तथा प्रतिष्ठानका संरक्षक गीता खेवा र दुई छोरी छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

गर्जुवा खोलाको वाढीले अवरुद्ध बनेको धरान–धनकुटा सडक ८ घण्टा पछि खुल्यो

Next Post

सिंहकी स्मृतिमा विरामीलाई फलफुल वितरण

Next Post
सिंहकी स्मृतिमा विरामीलाई फलफुल वितरण

सिंहकी स्मृतिमा विरामीलाई फलफुल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..