• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा मिस धनकुटा आयोजना हुने

Dhankuta News by Dhankuta News
२०७६, १२ भाद्र बिहीबार २३:४६
0
0
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा मिस धनकुटा आयोजना हुने

धनकुटा, १२ भदौ । धनकुटामा पहिलो पटक मिस धनकुटा आयोजना हुने भएको छ । सो आयोजना यहाँका युवतीहरुमा रहेको लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले गरिन लागेको जनाएको छ ।

मोनाली इन्टरटेन्टमेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंको आयोजनामा यहि भदौं १४ गतेदेखि पहिलो चरणका लागि छनौट गर्ने पत्रकार महासंघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अहिलेसम्म प्रतिस्पर्धाका लागि ५५ जना आएको जानकारी दिए । आएका युवतीहरुमध्ये मिस धनकुटाको पहिलो चरणबाट ३५ जनालाई चयन गरिने आयोजक इभेन्टका अध्यक्ष दिपक बराईलीले जानकारी दिए । छनौट भएकाहरुलाई व्युटिसियन, स्पीच, हिडाईलगायतका तालिम दिईने छ । सो तालिम धनकुटाकै चिप एण्ड बेस्ट होटलमा दिईने जनाएको छ ।

उक्त प्रतियोगिताको ग्राण्ड फिनाले यहि असोज १८ गते फुलपातिका गरिने जनाएको छ । ब्रेन एण्ड ब्युटिफुलका आधारमा विजेता चुनिने अध्यक्ष बराईलीले जानकारी दिए । सो प्रतियोगिताका विजेता यदि मिस नेपालको मापदण्ड पुगेको पाईएमा सिधै प्रतिस्पर्धा गर्न पाउने जानकारी दिए । सो प्रतियोगिताका लागि उचाई न्युनतम ५ फिट ५ ईञ्च र शैक्षिक योग्यता स्नातक हुनु पर्ने अध्यक्ष बराईलीले जानकारी दिए ।

उक्त प्रतियोगिताका विजेताले एक थान स्कुटर, १० लाखको जीवन बिमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियो अभिनयको अवसर पाईने छ । त्यस्तै प्रथम उपविजेतालाई नगद ४० हजार, पाँच लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियो अभिनय र द्वितीय उप विजेतालाई नगद २० हजार, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियो अभिनयको अवसर पुरस्कार स्वरुप दिईने आयोजक समितिका निदेशक समिर विकले जानकारी दिए ।
प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रमुख निर्णायकमा महानायक राजेश हमाल, मिस नेपाल–२००२ की उषा खड्की, नायक तथा गायक बाबु बोगटी, चर्चित निर्माता तथा फिल्म निर्माता रिचा शर्मा रहने जनाएको छ । यसैगरी प्रतियोगिताको सञ्चालन चर्चित गायिका तथा नेपाल आईडलका कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले गर्ने छन् । प्रतियोगितामा धनकुटा सांस्कृतिक साँझ २०१९ पनि गरिने जनाएको छ । सो साँझमा चर्चित कलाकार रामकृष्ण ढकाल, जिना बराइली, समिर विक सहभागीतामा रहने आयोजकले जनाएको छ । कार्यक्रमको लागत ४० देखि ४५ लाख लाग्ने आयोजकले अनुमान गरेको छ ।

सो अवसरमा लेडी जेसीका अध्यक्ष प्रमिसा श्रेष्ठ र सदस्य मुना पराजुलीको उपस्थिति रहेको थियो । प्रतियोगिताको स्थानीय सहयोगीहरुमा धनकुटा नगरपालिका, निगाले सिमेन्टस्, धनकुटा उद्योग वाणिज्य संघलगायत संघसंस्थाहरु रहने छन् । प्रतियोगिताका स्थानीय संयोजकमा धनकुटा लेडी जेसिज रहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सिंहकी स्मृतिमा विरामीलाई फलफुल वितरण

Next Post

तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिता

Next Post
तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिता

तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..