धनकुटा । हिन्दु नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा १६ गते सोमवार खुल्ला तीज नृत्य प्रतियोगिता हुने भएको छ । बौद्धिक विकास समाज समिति, भिमसेन टोलवस्ती संस्था र छहारी महिला मञ्च वीचबजारको संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको आयोजक समितिका सदस्य तथा आर्थिक समितिका संयोजक नवीनकिशोर शाक्यले जानकारी दिए ।
सो प्रतियोगितामा १६ वर्षदेखि ५९ वर्ष उमेर समूहका नारीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा चन्द्रकुमार श्रेष्ठ मुख्य निर्णायक रहेका छन् । यसैगरी पिताम्वर शाक्य रमेशचन्द्र अधिकारी, खगेन्द्र घिमिरे, किरण राई र रेजिना शाक्य निर्णायक रहेको निर्णायक मण्डल रहेको भिमसेन टोलवस्तीका अध्यक्ष विनिता श्रेष्ठले जानकारी दिईन ।
प्रतियोगिताका विजेताले ३ आना सुनको जन्तर प्राप्त गर्ने छ । यसैगरी दोस्रो हुनेले चाँदीको पेटी र तेस्रो हुनेले चाँदीको पाउजु प्राप्त गर्ने छ । यस्तै १५ जनाले सान्तवा पुरस्कार प्राप्त गर्ने सदस्य शिखर श्रेष्ठले जानकारी दिए ।
भिमसेन मन्दिरको प्रांगणमा हुने सो प्रतियोगिताको मिडिया पार्टनरका रुपमा रेडियो भेडेटार र धनकुटा साप्ताहिक रहेका छन् । प्रतियोगिता सफतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छहारी महिला समूहका अध्यक्ष सुजता श्रेष्ठले जानकारी दिईन् ।
नवीनकिशोर शाक्यको संयोजकत्वमा आर्थिक उपसमिति, सुजता श्रेष्ठको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, सागर श्रेष्ठको संयोजकत्वमा प्रणेश श्रेष्ठ सदस्य रहेको साउण्ड सिस्टम व्यवस्थापन उपसमिति गठन गरिएको जीवनकुमार श्रेष्ठले जानकारी दिए । यस्तै महेन्द्रकुमार श्रेष्ठ र विष्णु श्रेष्ठ रहेको मञ्च व्यवस्थापन उपसमिति राजेश्वरबहादुर श्रेष्ठ संयोजक रहेको प्रचार प्रसार उपसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिए ।
सो प्रतियोगितामा छहारी महिला मञ्चका सदस्यहरुले अप्रतियोगीका रुपमा नृत्य प्रस्तु गर्ने जानकारी कुसुम श्रेष्ठले दिईन् ।