धनकुटा । जेसिज सप्ताहको अवसरमा धनकुटा लेडी जेसिज (प्र.) ले विश्वचर्चित धनकुटापुत्री साहित्यकार डा. झमक घिमिरेलाई सम्मान गरेको छ । लेडि जेसिजकि संस्थापक अध्यक्ष जेसी प्रमिशा श्रेष्ठ (थापा )को अध्यक्षता सम्मान कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि झमक साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष गोपाल गुरागाईले साहित्यकार घिमिरेलाई सम्मानपत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिहरु धनकुटा नगरपालिका वडा नं. ६ का अध्यक्ष नरेश श्रेष्ठ, धनकुटा उद्योग बणिज्य संघकि उपाध्यक्ष तारा तितुङ, साथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयन्द्र प्रधान, हाम्रो बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेल, समाजसेवी मनोजनारायण श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।
यस्तै सप्ताह तथा संस्थाकी कार्यकारिणी उपाध्यक्ष बिसिका श्रेष्ठको जन्मदिनको अवसर पारेर श्रीपञ्चमी पार्कस्थित अनाथ बालबालिकाहरुलाई लेडी जेसिजले खाजा खुवाएको छ । सो कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले अनाथ असहाय बालबालिकालाई सम्झेर खाजा खुवाउने कार्यक्रम राखेकोमा लेडि जेसिजको प्रशंसा गरिन् ।
सो कार्यक्रमको सौजन्य स्मरण ब्युटी पार्लर एण्ड कस्मेटिक सप धनकुटा ६ र फेशन कन्सस धनकुटा ७ ले गरेको जेसिजका सदस्य सावित्रा राईले जानकारी दिईन् । संस्थाकी अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी पदाधिकारीहरु, रेडक्रस सोसाईटी धनकुटाका महामन्त्री हरि राई, कृष्ण श्रेष्ठ, मिस धनकुटा कार्यक्रमका सञ्चालकलगायतको उपस्थिति रहेको थियो ।