धनकुटा, २४ भदौ । धनकुटामा पनि युवामा लागूपदार्थ दुव्यर्शन समस्याका रुपमा बढ्दै गएको छ । यसको सेवन गर्नेहरुको संख्या बढेसँगै प्रयोगकर्ता दुव्यर्शनी सुधार गर्न परिवर्तन पुनस्र्थापना केन्द्र स्थापना गरिएको छ ।
धनकुटा नगरपालिका ७ डाँडागाउँ लाफा चौकमा स्थापना गरिएको केन्द्रमा हाल ३५ जना पुरुष दुव्यर्शनीहरुलाई राख्न सकिने केन्द्रले जनाएको छ । केन्द्रमा लागूऔषध दुव्यर्शनीहरुलाई अध्ययन, योगा, थेरापी, घरायसी व्यवहारका काम सिकाईने छ । यसका साथै खुल्ला चौरमा खेलकुद र मनोरञ्जन जस्ता गतिविधि सञ्चालन गरिने जनाएको छ । दुव्यर्शनीहरु खाली बसेमा लागूऔषधको तलतल लाग्ने भएकाले हर समय ब्यस्त बनाएर रानिे छ । यो विधिबाट क्रमिक रुपमा सुधार हुने केन्द्रले जनाएको छ ।
केन्द्रमा उपचारका लागि राखिने दुव्यर्शनीहरुलाई मासिक १२ हजार रुपैंया शुल्क तोकिएको छ । उनीहरु ४ महिनाकोउपचार पछि दुव्यर्शनबाट मुक्त हुने केन्द्रका सञ्चालन प्रमुख कुशुम राना मगरले बताईन ।
केन्द्रमा पूर्व लागूऔषध प्रयोगकर्ताको अनुभव र हाल समाजमा घुलमिलको अवस्था बारेमा समय समयमा कम्तिमा ५ घण्टाको कक्षा सञ्चालन गर्ने गरिने काउन्सिलर स्वयम् श्रेष्ठले जानकारी दिए । केन्द्रमा नियमित औषधि प्रयोगकर्ता र शारिरीक अशक्तता भएका बाहेक १८ वर्ष माथि उमेर समूहका लागूऔषध प्रयोगकर्ताहरु राखिने छ ।
केन्द्रमा हाल पुरुष दुव्यशनीहरु मात्र उपचार गरिने छ । केन्द्र स्थापनाका लागि करिब ४० लाख लगानी गरिएको अध्यक्ष रानाले जानकारी दिए । हाल केन्द्रमा धनकुटा र सुनसरी जिल्लाका १० जना लागुऔषध प्रयोगकर्ता केन्द्रमा रहेका सञ्चालक रानामगरले बताईन । अध्यक्ष रानाका अनुसार आफ्ना सन्तती दुव्यर्शनीमा उपचार केन्द्रमा राखेर उपचार गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने डरले लागूऔषध प्रयोगकर्ता बढिरहेको रानाले बताईन । उनले यसलाई न्यूनिकरण गर्न केन्द्रमा उपचार गर्न ल्याउन जनचेतना बढाउनु पर्ने बताउँछन् ।
केन्द्रका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सावित्रा राईले गरेकि थिईन् ।