धनकुटा २५ भदौ । नेपाली कांग्रेसले दोस्रो चरणको जनजागरण देशव्यापी रुपमा शुरु गरेको छ । पहिलो जनजागरण अभियानको सफलता पछि हिजो भदौं २४ गते महामानव वीपी कोईरालाको १ सय ६ औं जन्मजयन्तीको अवसर पारेर शुरु गरेको हो ।
गत आमनिर्वाचनपछि निस्क्रिय जस्तो रहेको कांग्रेसले आमजनता, पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुसँग सम्पर्क र समन्वय बढाउन अभियान सञ्चालन गरेको जनाएको छ । यसैक्रममा धनकुटाको डाँढाबजार र पाख्रिवासबाट अभियान शुरु गरेको पार्टी कोषाध्यक्ष दिनेश राईले जानकारी दिए । अभियान १ सय ६ वटा विभिन्न जातका विरुवा रोपेर शुरुवात गरेका थिए ।
अभियान प्रदेश क्षेत्र नं. १ अन्र्तगतको एक नगरपालिका, ३ गाउँपालिकाको ३२ वटै वडाहरुमा सञ्चालन गरिने जनाएको छ । अभियान आगामी असोज ७ गतेसम्म संचालन गरिने सचिव राईले जानकारी दिए ।
क्षेत्र नं. १ मा सञ्चालित अभियानमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि पूर्व सभासद् विश्वदिप लिङ्देनले वर्तमान सरकारको आचरण र व्यहारबाट जनता वाक्क भएको बताए । उनले सरकारको अधिनायवादी शैली र भ्रष्टाचार जस्ता गलत क्रियाकलापको भण्डाफोर गर्दै जागरण अभियानले कांग्रेसलाई जनताका प्रिय पार्टी बनाउने बताए ।
कार्यक्रम नेपाली कांग्रेस प्रदेश १ का सभापति जितेन्द्र रुम्दालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बा, कांग्रेस पूर्व जिल्लासभापति हरिकुमार राई, जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महाधिवेशन प्रतिनिधि कमोट फागोलगायतले वर्तमान सरकारजनभावना विपरित चलिरहेको आरोप लगाउँदै कांग्रेसले सहि मार्गमा डोहो¥याउने बताए । सो कार्यक्रमको संचालन क्षेत्रीय सचिव खड्क लिम्बुले गरेका थिए ।
कार्यक्रमममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु ललित चेम्जोङ, दुर्गाबहादुर सुवेदी, जिल्ला सदस्यहरु हर्कमान चेम्जोङ, नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोङ, साँगुरीगढी वडा नं. ५ का वडाध्यक्ष पलक वस्नेत, तरुण दलका सचिव नरेन्द्र कस्चित, क्षेत्रीय अध्यक्ष तिलक महतलगायतको उपस्थिति रहेको थियो ।