धनकुटा २ असोज । निर्वाचनमा पराजय भएपछि निस्क्रिय रहेको नेपाली कांग्रेसलाई सक्रिय बनाउँदै पार्टी संगठन सशक्त बनाउन जागरण दोस्रो चरणको अभियान सञ्चालन भैरहेको छ । यसैक्रममा छथरजोरपार्टी गाउँपालिकाको वडा नं. ६ सिंधुवामा जागरण अभियान सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रदेश सभा निर्वाचन (ख) का लागि अभियानका केन्द्रिय प्रतिनिधि सुमन कुँवरले जागरण अभियानले कांग्रेसलाई पुनः क्रियाशील भएको बताए । उनले वर्तमान सरकारको जनविरोधी क्रियाकलापले जनता निरास भएकाले अभियानले जनतामा कांग्रेस प्रति विश्वास बढ्दै गएको बताए ।
सो अवसरमा संविधान सभाका सदस्य कांग्रेस नेतृ अञ्जना ताम्लीले वर्तमान सरकारको अधिनायवादी शैलीको भण्डाफोर गर्दै कांग्रेसले जनतासँगको सम्वन्धलाई अझ सशक्त बनाउनु पर्ने बताईन् । यस्तै कांग्रेस सचिव तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राईले सरकारको स्वतन्त्र प्रेसविरोधी शैलीको विरोध गर्दै कांग्रेस नेपाली जनताको स्वतन्त्रताका लागि सधै प्रतिवद्ध रहेको बताए । उनले नेपाली जनतालाई सम्पन्न बनाउन आर्थिक क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए ।
सो अवसरमा जिल्ला सदस्य तथा जागरण अभियान छथरजोरपार्टी गाउँपालिका अनुगमन समितिका संयोजक सुमना तिम्सिनाले जागरण अभियानले नेपाली कांग्रेसका गाउँ गाउँका नेता तथा कार्यकर्ताहरुमा नयाँ उत्साह थपेको बताईन् ।
नेपाली कांग्रेस छथरजोरपाटी गाउँपालिका वडा नं. ६ का सभापति चन्द्र लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पालिकाका संयोजक छत्र लिम्बु, सहसंयोजक मेघराज खतिवडा, कांग्रेस सिधुवाका नेताहरु बलबहादुर थापा, सन्तोषकुमार श्रेष्ठ, चित्र थापा, महेन्द्र थापा, तेजबहादुर थापा, चित्र बानिया, छत्रबहादुर पौडेल, टंक बहादुर भट्टराई, रामबहादुर बराललगायतले जागरण अभियानलाई जनस्तरसम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा स्वागत मन्तव्य सिंधुवाका अग्रज नेता इन्द्रकुमार श्रेष्ठले र कार्यक्रमको संचालन पार्टी पालिकाकाका सचिव केशव प्रसाद चागाईले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य लेखनाथ पौडेल, क्षेत्रीय सभापति इन्द्रिरा थापा, उपसभापति रोहितराम धमला, दिपेन्द्र ढकाललगायतको सहभागीता रहेको थियो ।