धनकुटा । दर्जनौ नेता तथा कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । पाख्रिवासमा नेपाली कांग्रेस पाख्रिवास नगर समितिको आयोजनामा वडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई कांग्रेस पाख्रिवास नगर समितिले सो कार्यक्रममा स्वागत गरेको छ । यसरी प्रवेश गर्नेहरुमा नेकपा र राप्रपा परित्याग गर्ने युवा बढी छन् । कांग्रेसले सञ्चालन गरेको जागरण अभियान पछि नेपाली कांग्रेसमा प्रवेशको लहर चलेका सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
यसरी प्रवेश गर्नेहरुमा भुवन थापा, मिलन महत, चन्द्र कटुवाल, कृष्ण तामाङ, राजबहादुर दर्लामी, तीर्थ दर्लामी, जीवन तामाङ, बिशेष लिम्बु, दिलबहादुुर महतलगायत ३७ जना रहेको कांग्रेसका कोषाध्यक्ष दिनेश राईले जानकारी दिए । उनीहरुलाई कांग्रेसको सदस्यता समेत प्रदान गरिएको जनाएको छ ।
कांग्रेसको दोस्रो जागरण अभियानको क्रममा यहि नगरका विभिन्न वडाहरुबाट राप्रपा, नेकपा र जनमुक्ति पार्टी परित्याग गरी १ सय ४३ जना प्रवेश गरेको पाख्रिवास नगरका संयोजक ज्ञानबहादुर गुरुङले जानकारी दिए ।
अभियानको जिल्लाका सातै स्थानीय तहका ६० वटा वडामा प्रवेश भएको थियो । अभियानको क्रममा यसरी पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको संख्या ३ सय ८७ जना रहेको जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।
सो कार्यक्रममा पाख्रिवास नगरको समृद्धी र विकास तीव्र रुपमा गर्न कृषि र पर्यटनलाई प्राथमिकतामा राख्नु पर्ने सहभागीहरुले बताएका छन् ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्लासचिव विजय सन्तोषी राईले नवप्रवेशीहरुलाई योग्यता र क्षमताअनुसार जिम्मेवारी दिईने बताए । उनले नेपाल कै ठूला कृषि अनुसन्धान केन्द्र पाख्रिवासमा रहेकाले यसबाट व्यावसायिक लाभ लिनु पर्ने बताए । उनले प्राकृतिक रुपमा पनि पाख्रिवास रमणीय रहेकाले यहाँको उन्नती र प्रगती कृषि र पर्यटनबाट तीव्र रुपमा हुन सक्ने बताए । यस्तै जिल्ला कोषाध्यक्ष दिनेश राईले वर्तमान सरकार विकास निर्माणमा भन्दा काण्डैकाण्डमा फस्दै गएको आरोप लगाए ।
सो कार्यक्रममा जिल्ला सदस्यहरु ज्ञानबहादुर गुरुङ, जयन्द्र घिसिङ, पूर्व जिल्ला सहसचिव राजन पौडेल, क्षेत्रीय सचिव हरीबहादुर राईलगायतले दशै, तिहार, नेपाल सम्वत्, मंसिरे चाड, ल्होसारलगायत सवै चाड पर्वको शुभकामना दिएका थिए ।
सो कार्यक्रम कांग्रेस पाख्रिवास नगर कार्यसमितिका उपसभापति पूर्णबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला, नेपाली कांग्रेस पाख्रिवासका पूर्व सभापति दिपेन्द्र मानन्धर, समाजसेवी श्याम गुरुङ, दिपेन्द्र माङपाङ, राजमान सिंह राई, विरबहादुर थापा, नेत्र केसी, धनमाया तामाङलगायतले दशै तिहार लगायत सबै चाड पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य जिल्ला सदस्य ज्ञानबहादुर गुरुङले र संचालन प्रेम भण्डारीले गरेका थिए ।