• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

फुलपाती भव्यताका साथ मनाईयो

Dhankuta News by Dhankuta News
२०७६, २० आश्विन सोमबार १८:१५
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter
फुलपाती भव्यताका साथ मनाईयो

खगेन्द्रप्रसाद घिमिरे
धनकुटा । नेपालीहरुको महान पर्वको अवसरमा फुलपाती मनाईएको छ । निशान भगवती मन्दिरबाट बजार परिक्रमा गरेर तल्लो टुडिखेलमा ल्याएर पुजाआजा गरी निशान मन्दिरमा भित्र्याईएको छ । निशान मन्दिरमा फुलपाती भित्र्याईएसँगै स्थानीयवासीहरुले घरघरम फुलपाती राखेर नवदुर्गा पुजा गर्ने गरेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ५ बालमन्दिरस्थित इन्द्रबहादुर श्रेष्ठको घरमा राखिएको फुलपाती टुडिखेलमा ल्याएर पुजाआजा गरी निशान मन्दिर भित्र्याउने प्रचलन रहेको छ । काठमाडौंमा गोरखाबाट फुलपाती लिएर काडमाण्डौ जाँदा बिच बाटोमा बास बसेझै परम्परागत रुपमा इन्द्रबहादुर श्रेष्ठको फुलपाती तयार गरिने परंपरागत प्रचलन रहेको बरख गणका गणपति कर्नेल भगवान थापामगरले जानकारी दिए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, बरख गण गुल्मका गणपति भगवान थापामगर, प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी वल छ नं. हेडक्वाटरका गणपति ढिएसपी सचिन कर्माचार्यलगायत नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघसंस्थाका व्यक्तित्वहरु तथा स्थानीय वासीहरुको उपस्थिति रहेको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका समयमा लिम्बुवान राज्य लिम्बुहरुको निशानी धनकुटामा स्थापना गरिएको इतिहास छ । लिम्बुहरुलाई विक्रम सम्वत् १८३१—३३ तिर जिम्मा दिएको धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक जनार्दन गोठालेले बताए । नेपाल एकीकरणकै बेला गौडा प्रमुख काजि जसपाउ थापाले मन्दिर निशान मन्दिरको स्थापना गरेका थिए । हालसम्म पनि सो मन्दिरको पुजाआजा नेपाली सेनाले गर्दै आएको छ । हाल नित्य पूजाआजाका लागि १० लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ ।

श्रीजङ्ग पल्टन ओखलढुङ्गा सरुवा भएपछि पल्टनसँगै निशान लान खोजिएको थियो । तर, रातभर मन्दिरको घण्टी वजेर लान नसकिएको बताउँछन् । निशान जति प्रयास गरेपनि लान सेना सफल नभएको इतिहास छ । एक पटक सार्नेक्रममा बेलहारासम्म लगेका थिए । बेल्हारा पुग्दा रात परेकाले त्यहि बास बसेका थिए । तर, भोलीपल्ट हेर्दा निशान देखिएन । खोजतलास गर्दा हाल मन्दिर रहेकै स्थानमा भेटिएका स्थानीय बुढापाकाहरुको भनाई छ । निशान देवी माता अन्यत्र जान नमानी धनकुटामा नै बस्न चाहेकोले लान नसकिएको मान्यता रहदै आएको छ ।
जिल्लामा कुनै प्रकारको प्राकृतिक महामारी वा विपत्ति आउन लागेको पूर्व संकेत देवीले देखाउने मान्यता रहेको छ । निशानदेवी मन्दिर सेनाको भएतापनि यस क्षेत्रका सबै नागरिकहरुका लागि साक्षत देवीको मन्दिरका रुपमा लिईन्छ ।
पल्टनको विगठन भएसंगै निसान हेलिकोप्टरमा राखेर हेडक्वाटरमा लैजान तयारी भएपनि हेलिकेप्टर नै स्टार्ट नभएर धनकुटामा राखिएको स्थानीय ९५ बर्षिय बुद्धिमान डंगोलले बताउँछन् । वि सं. २०१० सालमा सेनाको श्रीजङ्ग र ईन्द्रध्वज गणको निशानसँगै मन्दिरमा ‘जंङ्गि निशान’ पनि स्थापना भएको किम्वद्वन्ति रहेको छ ।

एक पटक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले मन्दिरको प्रांगणमा रहेको मसलाको रुखको हाङ्गा कटाएका थिए । त्यसको केहि दिनमै उनको घरका परिवारलाईसपना देखाएका थिए । त्यसको क्षमा स्वरुप मन्दिर प्रांगणमा सानो पानी जमाउने कुण्ड निर्माण गरेमात्र अनिष्ट नहुने सपनामा देखाएको कारण प्रहरी निरीक्षकले मन्दिर प्रांगणमा कुण्ड निर्माण गराएको भनाई छ ।

दैविशक्ति र ऐतिहासिक महत्व रहेको मान्यता रहेको छ, निशान भगवती मन्दिरको । मन्दिरमा सन्तान माग्ने, मनोकांक्षा पुरा गर्न विभिन्न भाकल गरी परेवा उडाउने, रा“गा र बोकाको बली चढाउने प्रचलन छ । हाल मन्दिरमा नेपाली सेनाको सहायक प्राविधिक हवल्दार ब्राह्मण पुजारी राखेर नित्य पूजाआजा गरिन्छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

ज्येष्ठ नागरिक सम्मान गर्दै ज्येष्ठ नागरिक दिवस सम्पन्न

Next Post

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..