धनकुटा । धनकुटामा शान्ति सुरक्षा स्थापनामा सहयोग गरेको भन्दै समाजिक संघसंस्थाहरुलाइृ सम्मान गरेको छ । यस्तै शान्ति सुव्यवस्था कायम गर्न आफ्नो ज्यानको बलिदान दिएका अमर प्रहरीका परिवारलाई पनि सम्मान गरेको छ । सो सम्मान ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले प्रदान गरेका हुन् । यस्तै उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई पुरस्कृतसमेत गरिएको छ ।
सम्मानित संस्था तथा प्रहरीहरुलाई १ नं. प्रदेशका न्यान कानुन तथा बिधायन समितिका सभापति सांसद इन्द्रणमी पुराजुली, प्रदेश सांसद लिला सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सुर्दशनप्रसाद कोईरालालगायतले सम्मानित हुनेहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै पुरस्कृत प्रहरीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले मात्र सम्भव नहुने बताउँदै आमनागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताए । उनीहरुले सबैको सहयोग भएमात्र शान्तिसुव्यवस्था कायम गर्न प्रहरी सफल हुने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको सन्देश तथा निर्देशन जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले बाचन गरेका थिए । कार्यक्रममो धन्यवाद मन्तव्य एसपी कोईरालाले दिएका थिए ।
दिवसको अवसरमा सम्मानित हुने अमर प्रहरीको तर्फबाट स्वर्गीय प्रहरी भुपाल आचार्यकी श्रीमती कमला आचार्य, सामाजिक संघसंस्थाको तर्फबाट महिला पुनस्र्थापना सेवा केन्द्रको तर्फबाट सचिव हिमा चेम्जोङ रहेका छन् । यस्तै सम्मानित विद्यालयहरुमा त्रिवेणी माविको तर्फबाट प्रधानाध्यापक इश्वरीप्रसाद अधिकारी, गोकुण्डेश्वर मावि बजारको तर्फबाट प्रधानाध्यापक यज्ञप्रकाश चापागाई, भाषा मावि कागतेको तर्फबाट प्रधानाध्यापक गोविन्द राई र जाल्पादेवी मावि पाख्रिवास,भानु मावि डाँडाबजार र जग्गादाताको तर्फबाट मुढेवास प्रहरी चौकीलाई जग्गा प्रदान गर्ने मोविन्द्र लिम्बु र हिले प्रहरी चौकीलाई जग्गा प्रदान गर्ने प्रेमप्रसाद लिम्बुलाइृ सम्मान गरिएको छ ।
यसैगरी उत्कृष्ट कार्य सम्पादन गरेका प्रहरीहरुमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, प्रहरी निरीक्षक भाष्कर खतिवडा, प्रहरी नायव निरीक्षक राजु विष्ट, सहायक प्रहरी निरीक्षक श्याम कार्की, प्रहरी हवल्दारहरु ढागबहादुर श्रेष्ठ, रामकुमार यादव, प्रहरी जवानहरु दिनेश राजबंशी, मनिल राई, कल्पना तामाङ, चन्द्रकुमारी चौधरी, गुनेन्द्र राजबंशी छन् ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. १ धनकुटाका सांसद निरन राई, छथरजोरपार्टी गाउँपालिका प्रमुख शेरबहादुर लिम्बु, नेकपाका सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, समाजवादी पार्टीका सचिव श्रीराम रायमाझीलगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरु, धनकुटा नगरपालिकाका वडाध्यक्षहरु, विभिन्न कार्यालयका प्रमुखहरु, व्यापारी, व्यवसायी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।