धनकुटा । नेपाली कांग्रेसका स्थानीय नेता गणेश प्रसाद चापागाईको आमा उमादेवी चापागाईको असामयिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली व्यक्त गर्दै शोक बक्तव्य जारी गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले जारी गरेको शोक वक्तव्यमा मृतात्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । यस्तै सो वक्तव्यमा शोकाकुल चापागाई परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
वक्तव्यमा गिरिजाप्रसाद कोईराला फाउण्डेशन धनकुटाका जिल्ला अध्यक्ष समेत रहेका नेता चापागाईकि आमा उमा देवी चापागाईको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।