धनकुटा । नेपाली कांग्रेसले कोजागत पूर्णिमाको दिन सम्पूर्ण चाडपर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम देशभर आयोजना गरेका छन् । वीपीकोईरालाले शुरु गरेको यो कार्यक्रम धनकुटामा पनि आयोजना गरी मनाईएको छ ।
सो अवसरमा प्रदेश नम्वर १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति सांसद इन्द्रमणी पराजुलीले राष्ट्रिय हित तथा विकासका लागि सबै राजनीतिक दलहरु वीच एकता र सहकार्य गर्नु पर्ने बताए । उनले हरेक क्षेत्रमा राजनीति गर्न नहुने भन्दै धनकुटाको विकासका लागि सबै दलहरु एक हुनु पर्ने बताए । यसैगरी प्रदेश सांसद निरन राईले आमजनताको चाहना विकास भएको बताए । यस्तै सांसद लिला सुब्बाले सरकारले विकास निर्माणमा प्रतिपक्षीलाई साथ लिएर जानु पर्ने बताईन् । यस्तै सांसद कुसुमकुमारी श्रेष्ठले धनकुटा राजधानी नभएता पनि ठूला विकासका आयोजना निर्माण हुने तयारीमा रहेको जानकारी दिईन् । सो अवसरमा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठले वर्तमान सरकार दुईतिहाईको दम्भले एक्लै अगाडि बढ्न खोज्दा समस्या आएको बताए । उनले राष्ट्रिय हित र विकास निर्माणका कार्यहरुमा प्रतिपक्षीलाई समेत सहमति, सहकार्य गरेर गर्न सके विकासले तीव्रता पाउने बताए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, उपप्रमुख बंगलादेवी राईललागयले शुभकामना मन्तव्य दिएका थिए ।
नेपाली कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रजिअ डा. कृष्णबहादुर घिमिरे, समाजवादी पार्टीका अध्यक्ष बलबहादुर राई, राष्ट्रिय जनमोर्चाका सचिव कोपिला शंकर, राप्रपा संयुक्तका सदस्य मिनबहादुर कार्की, संघीय लोकतान्त्रिक मञ्चका प्रमुख चन्द्रसिंह नेम्वाङ, कांग्रेसका महासमिति सदस्य आनन्दसन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायतले धनकुटामा अहलेसम्म दलहरुवीच सहमती, सहकार्य र एकता रहदै आएको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउनु पर्ने बताएका थिए ।
सो कार्यक्रमको जिल्ला सचिव विजय सन्तोषी राईले गरेका थिए । कार्यक्रममा कवि घनश्याम बरालले कविता बाचन गरेका थिएभने टिका लगाई दिदाँ आशिक बाचन, ज्योतिष घनश्याम चापागाईले गरेका थिए ।
सो कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुर्दशनप्रसाद कोईराला, सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, प्रदेश शिक्षा निर्देशनालयका कृष्ण पोखरेल, विभिन्न स्थानीय तहका वडाध्यक्षहरु, नेता टिकाप्रसाद घिमिरे, पत्रकार महासंघका प्रदेश उपाध्यक्ष स्मिता निरौला, धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश महासचिव विदुर खवास, फोनिज जिल्ला अध्यक्ष सन्तवीर लामा, प्रेस युनियनका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, डिविआर टेलिभिजनका प्रमुख दिलबहादुर राईलगायत पत्रकारहरु र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अथितिहरु र सहभागीहरुलाई कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेल, निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठ, प्रदेश सांसद लिला सुब्बा, जिल्ला सदस्य सीता श्रेष्ठ, क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली, महिला संघका उपाध्यक्ष अम्विका धमला, नगर सभापति निरुपा राई, नगर सचिव रेणु श्रेष्ठलगायतले टिका तथा जमरा लगाई दिएका थिए ।