धनकुटा । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धनकुटाले नेपालीहरुको महान पर्व वडादशैं, शुभदिपावली, नेपाल सम्वत्, छठ्, मंसिरे चाडm ल्होसारलगायत राष्ट्रिय पर्वहरुको अवसरमा आज शुक्रवार चियापनसहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रमुख अतिथि नेकपा जिल्ला इन्चार्ज एवं पुर्वसभासद हेमराज भण्डारीले लामो समयको संक्रमणकाल समाप्त भई स्थिरता आएकाले देशमा सुख, शान्ति, समृद्धि शुरु भएको बताए । उनले देश निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुनु पर्ने बताए । कार्यक्रममा जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले चाडपर्वले सबै नेपालीमा एकता, सदभाव बढाउने बताउँदै शुभकामना दिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव ऋषिराम ढुंगानाले गरेका थिए । सहभागी अतिथिहरुलाई आयोजकको तर्फवाट सयपत्री पूmलको माला लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसदहरु इन्द्रमणी पराजुली, निरेन राई, लिला सुब्बा, कुसुम श्रेष्ठ, विना देवी राई, पुर्वसांसद एवं राज्यमन्त्री धनमाय विक, संविधान सभा सदस्यहरु टिकाराम चेम्जोङ, जिल्लास्तरीय पार्टीका नेताहरु, जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, जिल्लाको सातै स्थानीय तहका प्रमुख एवं उप–प्रमुखहरु, प्रजिअ डा.कृष्णवहादुर घिमिरे, प्रशरी उपरीक्षक सुदर्शन कोईराला, सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य, सरकारी कार्यायका प्रमुख एवं प्रतिनिधिहरु, नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । सो अवसरमा हाम्रो वहुमुखी पाठशालाले विभिन्न आकर्षक नृत्यहरु प्रस्तुत् गरेको थियो ।