• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिदका परिवारलाई राहत सरकारले चाँडै दिने ः उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

प्रत्येक सहिद परिवारलाई पाँच लाखका दरले राहत ः मुख्यमन्त्री राई

Dhankuta News by Dhankuta News
२०७६, २९ कार्तिक शुक्रबार २२:००
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter
सहिदका परिवारलाई राहत सरकारले चाँडै दिने ः उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

धनकुटा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकार देशभरिका सहिद परिवारलाई राहत वितरणको काम चाँडै दिने तयारीमा रहेको जानकारी दिए । सो कुरा आज शुक्रबार छिन्ताङ हत्याकाण्डका सहिदको ४१ औं स्मृति दिवसको अवसरमा बताएका हुन् ।

सो अवसरमा उपप्रधानमन्त्री पोख्रेलले दक्षिणतर्फमात्र निर्भर रहेको सडक मार्गमा विस्तार गरी उत्तरी चीनसँग पनि सडक विस्तार गरिने जानकारी दिए । उनले नेपालको व्यापार घाटालाई घटाउन सरकारले ५ क्षेत्रमा विकास गर्नु पर्ने बताए । उनले नेपालले कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधार यि ५ क्षेत्रमा सरकारले प्राथमिकतामा राखेको बताए ।

उपप्रधानमन्त्री पोख्रेलले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने, सहिदकै बलिदानीकोकारण आज जनताले ३ किसिमको सरकार प्राप्त गरेको बताए । उनले अब हिजोको जस्तो जनताले सरकार खोज्न सिंहदरवार जानु नपर्ने बताउँदै आफ्नै घरआँगनमा स्थानीय सरकार रहेको बताए ।

सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पालिकाको विकासका लागि बुझाएको ७ बुँदै मागका वारेमा यि मागहरु स्थानीय तथा प्रदेश सरकारले पुरा गर्न नसक्ने अवस्था आए संघीय सरकारले पुरा गर्ने प्रतिवद्धता जाहेर गरे । उनले हालै भारतले प्रकाशन गरेको नयाँ नक्सामा मिचेको नेपाली भूमि कालापानी र लिपुलेकका विषयमा भने केही बोलेनन् ।

सो कार्यक्रममा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले जनताको अधिकार प्राप्तीको आन्दोलनमा सहादत प्राप्त छिन्ताङ हत्याकाण्डका सहिदका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले राहत दिने घोषणा गरे । उनले चाडै नै एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले सो राहत वितरण गर्ने उद्घोष गरे ।

मुख्यमन्त्री राईले अहिले संघीयताप्रति चौतर्फी आक्रमण भैरहेको प्रसंगमा जनताले आफ्नै नजिक पाउने संघीय व्यवस्थालाई जोगाउन सचेत हुनुपर्ने बताए । उनले देश संघीयतामा नगएको भए सहिद परिवारलाई राहत घोषणा नहुने बताए ।

मुख्यमन्त्री राईले यस क्षेत्रको जनताको चाहनाबमोजिम हिले छिन्ताङ सडक कालोपत्र गर्न टेण्डर प्रत्रियामा गएको जानकारी दिए । यस्तै छिन्ताङ भोजपुर सडक स्तरोन्नती गर्ने पनि आश्वासन दिए । उनले यस क्षेत्रका जनताको जीवनस्तर उकास्न कृषि क्षेत्रमा विशेष प्याकेज बनाई कार्यान्वयन गर्ने आश्वासन दिए ।

सो अवसरमा नेकपाको १ नं. प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री भिम आचार्य, प्रदेश अध्यक्ष देवराज घिमिरे र धनकुटा इञ्चार्ज हेमराज भण्डारी, जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्रकुमार राईले नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सके सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनीहरुले देशमा बामपन्थीहरुको दुईतिहाईको स्थायी सरकार गठन भएकाले जनताको चाहनाअनुसार विकास निर्माणको काम चाडै सम्पन्न हुने आश्वासन दिए ।

सो अवसरमा स्थानीय राई जातिको वाडांगी पापाणी नृत्यबाट स्वागत गरेका थिए । यस्तै राष्ट्रिय कलाकार राजन राई, जिल्लावासी गायक आधुनिक देवान र मदन चेम्जोङ गीत गाएका प्रस्तुत गरेका थिए ।

सो अवसरमा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पालिकावासीको जविनस्तर उकास्न र पालिकाको समग्र विकासका लागि साँत बुँदे मागसहित ज्ञापनपत्र उपप्रधानमन्त्री पोख्रेललाई प्रस्तुत गरेका थिए ।

२०३६ सालमा भएको किसान आन्दोलनको क्रममा तत्कालीन पञ्चायती शासकहरुले गरेको दमनमा यस क्षेत्रका १६ जनाले सहादत प्राप्त गरेका थिए । जसलाई छिन्ताङ हत्याकाण्ड नामले चर्चित छ । देशमा प्रजातन्त्र र गणतन्त्र आएको धेरै समय पछि २०७४ साल मागमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सहिद घोषणा गरेका थिए ।

जिल्ला अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले र सञ्चालन सचिव ऋषिराम ढुंगानाले गरेका थिए ।
सो अवसरमा प्रदेश सांसदहरु निरन राई, कुसुमकुमारी श्रेष्ठ, विना राई, संविधानसभाका सदस्य टिकाराम चेम्जोङ, पूर्व सांसद गोपाल गुरागाई, पूर्व राज्यमन्त्री धनमाया विक सहभागी थिए । यस्तै जिसस प्रमुख टंक चुवान, उपप्रमुख बंगला राई, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु भण्डारी, चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, साँगुरीगढीका उपाध्यक्ष विन्द्रा राई, विभिन्न वडाका वडाध्यक्षहरु, जिल्लाभरीबाट नेकपाका नेता तथा कार्यकर्ताहरु उल्लेख्य रुपमा सहभागी भएका थिए । कार्यक्रमको आयोजना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समितिले गरेका थिए ।
सो दिवसको अवसरमा सहिदभूमि गाउँपालिकामा सार्वजनिक विदा दिएका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरका पूर्व सभापति सिंहको निधन

Next Post

धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि विज्ञ समूह पठाईने ः मन्त्री घिमिरे

Next Post
धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि विज्ञ समूह पठाईने ः मन्त्री घिमिरे

धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि विज्ञ समूह पठाईने ः मन्त्री घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..