• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रथम जीपी मेमोरियल गोल्डकप सम्पन्न

प्रतियोगिताको उपाधी वडा नं ४ ले चुम्यो

Dhankuta News by Dhankuta News
२०७६, १२ पुष शनिबार २१:३९
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
प्रथम जीपी मेमोरियल गोल्डकप सम्पन्न

धनकुटा पुस १२ । पाख्रिवासमा आयोजित वडास्तरीय प्रथम गिरिजाप्रसाद (जीपी) कोईराला मेमोरियल गोल्डकप फुटवल प्रतियोगिताको उपाधी पाख्रिवास वडा नं ४ ले चुमेको छ । जाल्पादेवी खेलमैदानमा सम्पन्न फाईनल खेलमा दुवै टिमले निर्धारित समयमा कुनै गोल गर्न नसकेपछि खेल ट्राईब्रेकबाट निर्णय भएको हो ।
ट्राईब्रेकर पेलान्टीसुटआउटमा वडा ४ ले वडा नं ३ लाई ३ का विरुद्ध ४ गोल गरी उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा वडा नं. ४ को १ गोल वडा ३ का गोलरक्षकले रोकेर ४ गोल गरेका थिए । अर्कोतिर वटा नं. ३ का २ खेलाडीले पेलान्टी गोल पोल बाहिर गएकोले ३ गोलमा सीमित हुन गयो ।

प्रतियोगिताका विजेता तथा उपविजेता वडाले क्रमशः नगद ५१ हजार र नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । फाईनल प्रतियोगिताका म्यान अफ दि म्याच वडा ४ का गोल रक्षक धनबहादुर मगर भए । विजेता तथा उपविजेता वडाहरुलाई प्रमुख अतिथि नेपाली कंग्रेसका नेता तथा जीपी फाउण्डेशनका केन्द्रिय सदस्य डा. शोभाकर पराजुली, १ नं. प्रदेशका अध्यक्ष इन्दिरा थापा, पाख्रिवास नगर अध्यक्ष जयन्द्र घिसिङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि पराजुलीले राजनेता स्व. गिरिजाप्रसाद कोईराला लोकतन्त्र र विकासका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नु भएको जानकारी गराए । उनले लोकतन्त्र र खेल दुवैमा अनुशासन र निरन्तरता आवश्यक हुने बताए ।

सो अवसरमा पराजुलीले धनकुटा फुटवलका लागि उर्वर भूमि रहेको बताए । उनले धनकुटाका किरण चेम्जोङ र सुजल श्रेष्ठ जस्तो यस क्षेत्रका खेलाडिहरु पनि राष्ट्रिंय तथा अन्तर्राष्ट्रिय स्तरको बन्न सक्ने भएकाले अनुशासित र निरन्तर रुपमा खेलको अध्यास गर्न सुझाव दिए । उनले खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउने भन्दै अहिले देशमा अनुशासनहिन बढेकोमा चिन्ता व्यक्त गरे ।

यस्तै फाउण्डेशन प्रदेश अध्यक्ष थापाले फाउण्डेसनले ग्रामीण क्षेत्रमा पनि स्तरीय फुटवल उत्पादन गर्न र खेलको विकास गर्न पाख्रिवासमा प्रतियोगिता आयोजना गरेको बताईन । उनले प्रतियोगिताको पुरस्कार राशी आगामी वर्षमा बढाउने प्रतिवद्धता जनाईन । सो अवसरमा अध्यक्ष थापाले फाउण्डेशनले विशेषगरी शिक्षा, स्वास्थ्य, खेलकुद, महिलालगायत क्षेत्रमा काम गरिरहेको जानकारी गराईन । उनले धनकुटाका दुई जना विद्यार्थीलाई एडभान्स स्वास्थ्य तालिमका लागि चीनमा पठाएको जानकारी गराईन । उनले प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरेका पाख्रिवास वडा १० का खेलाडी उज्वल भण्डारीलाई वार्षिक २५ हजार रुपैया प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा समेत गरिन् ।

प्रतियोगिता फउण्डेसन पाख्रिवास नगर समितिका अध्यक्ष घिसिङको अध्यक्षतामा भएको थियो । प्रतियोगिता समापन कार्यक्रममा सञ्चारकर्मी तथा लेखक चन्द्रकिशोर झा, मुस्लिम संघ उदयपुरका अध्यक्ष नजवुल खान, वडाध्यक्षहरुको तर्फवाट ४ नं. वडाध्यक्ष सोवित निरौलालगायतकाले मन्तव्य राखेका थिए । फाउण्डेसनका सल्लाहकार ज्ञानबहादुर गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रेम भण्डारीले गरेका थिए ।

प्रतियोगिता मंसिर १० गतेदेखि शुरु भएको थियो । प्रतियोगिताको उद्घाटन १ नं. प्रदेशका प्रथम प्रदेश प्रमुख गोविन्द सुब्बाले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा उद्योग वाणिज्य संघमा तालाबन्दी

Next Post

राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस मनाईयो

Next Post
राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस मनाईयो

राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस मनाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..