हालै सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका पदक विजेतालाई भोली बिहीवार धनकुटा नगरपालिकाले नगर परिक्रमा गरी सम्मान गरिने भएको छ । सो सम्बन्धि जानकारी आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले दिएकी हुन् ।
गत साग गेममा धनकुटा नगरका दुई खेलाडीले पदक जित्न सफल भएका थिए । जसमा फुटवलतर्फ नेपाली टिमका क्याप्टेनसमेत रहेका सुजल श्रेष्ठ र उसु खेलका खेलाडी चित्रसिंह ठकुरी छन् । श्रेष्ठले फटवलमा स्वर्ण पदक र ठकुरस्ले व्यक्तिगत स्पर्धामा उसुतर्फ काश्य पदक जित्न सफल भएका थिए ।
पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरिने आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख बस्नेत जानकारी दिईन । उनकाअुसार स्वर्ण पदक विजेतालाइृ नगद एक लाख र काश्य पदक विजेतालाई ५० हजार नगदसहित सम्मान गरिने बताईन् ।
सो अवसरामा उपप्रमुख बस्नेतले खेलाडीहरुलाई खेलतर्फ आकर्षित गराउन सो नगद सहित सम्मान गरिन लागेको जानकारी दिईन् ।
सो अवसरमा प्रमुअ प्रशासकीय अधिकृत रामबहादुर थापाले धनकुटाका नयाँ खेलाडीहरुलाई खृलतर्फ आकर्षण बढाउन मद्दत गर्ने बताए । अधिकृत थापाकाअनुसार भोली विहान ११ वजे खेलाडीलाई बसपार्कबाट नगरपालिकाले सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गर्ने जानकारी दिए । उनकाअुसार सो झाँकीमा जातीय पहिचान झल्झने पोशाकसहितको टोली, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु तथा खेलप्रेमीहरुको सहभागिता रहने छ । सो झाँकी तल्लो टुडिखेलमा पुगेपछि खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ ।
सो कार्यक्रमको सञ्चालन सामाजिक अधिकृत विकास अधिकारीले गरेका थिए ।