• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पदक विजेता धनकुटाका खेलाडि अभिनन्दित

Dhankuta News by Dhankuta News
२०७६, १८ पुष शुक्रबार ११:४७
0
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter
पदक विजेता धनकुटाका खेलाडि अभिनन्दित

धनकुटा । हालै सम्पन्न दक्षिण एशियाली खेलकुद प्रतियोगिताका पदक धनकुटेली खेलाडिहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरी अभिनन्दित गरिएको छ । अभिनन्दित हुने खेलाडिहरुमा नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठ र उसु खेलाडी चित्रसिंह ठकुरी छन् । श्रेष्ठ फुटवलमा स्वर्ण पदक विजेता कप्तान हुन् भने ठकुरी उसुका काश्य पदक विजेता हुन् ।
सो अवसरमा कप्तान श्रेष्ठलाई नगद एक लाख र सम्मान पत्र तथा उसु खेलाडी ठकुरीलाई नगद ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो । सोहि कार्यक्रममा सागमा निर्णायकको भूमिका निर्वाह गरेका भन्दै निर्णायक खेमराज थापालाई समेत सम्मानपत्रले सम्मान गरिएको छ । सागमा निर्णायकको भूमिका धनकुटाबाट पाँच जनाले निर्वाह गरेका थिए । यसरी निर्णायक हुनेहरुमा थापासँगै विनय राई, नयन श्रेष्ठ, किरण प्रधान र टिकाराम श्रेष्ठ रहेको थिए ।
सो अवससरमा अभिनन्दित कप्तान श्रेष्ठले स्वर्ण पदक जितेपछि धेरै ठाउँमा सम्मान पाएको उल्लेख गर्दै आफ्नो गृहनगरमा पाएको जस्तो सम्मानले खुसी अन्य स्थानमा नदिएको प्रतिक्रिया दिए । उनले यहि टुडिखेलमा फुटवल अध्यास गरेको स्मरण गर्दै आफूलाई धनकुटेली फुटवलप्रेमीहरुको साथ र सहयोगबाट अहिले यो स्थानमा पुगेको बताए । यस्तै अर्का सम्मानित उसुका खेलाडि ठकुरीले धनकुटाले दिएको सम्मानले आगामी दिनमा अझ अघि बढ्न प्रेरणा दिएको बताए ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले खेलाडीले देशको शिर विश्वसामु उचो राख्ने बताए । उनले धनकुटामा अन्य खेलाडीहरु पनि सुजल र ठकुरी जस्तो उप्पादन गर्न नगरपालिका सहयोग गर्न तयार रहेको बताए । उनले श्रेष्ठ र ठकुरीले सागमा देश र धनकुटाको गौरव भन्दै आगामी दिनमा थप हौसला मिलोस् भनेर सम्मान गरिएको बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे,
धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन ¥यालीले श्रेष्ठ र ठकुरीलाई बजार परिक्रमा गराएको निेकपाका नगर अध्यक्ष अर्जुन छारा, नेपाली कांग्रेसका नगर सभापति रोसन श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । अधिकृत सिताराम गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख शकुन्तला बस्नेतले गरेकि थिईन् । नगर प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा राजनीतिक दल, सम्मानित खेलाडिका मातापिता, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, खेलप्रमी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
बसपार्कमा भेला भई शुरु गरिएको ¥याली टुडिखेलमा पुगि सभामा परिणत भएको थियो । सो ¥यालीमा विभिन्न जनजातिहरुको मौलिक संस्कृथित झल्कने झाँकीहरु प्रदर्शन गरिएको थियो । बाट सञ्चालन श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गर्दा विभिन्न जातीय समुदाय झाँकी प्रस्तुत गरिएको थियो । ¥यालीमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका, सरकारी थतथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि तथा सयौंको संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा नेपालले २५ विधाका खेलमा ५१ स्वर्ण ६० रजत र ९५ कास्य जितेको थियो । जुन हालसम्म सम्पन्न यो प्रतियोगिताको ठूलो उपलब्धी हो ।
को हुन् सुजल ?
विस २०४९ साल माघ २२ गते हुलाकटोलमा आमा रोमा श्रेष्ठ र बुबा राजु श्रेष्ठको कोखबाट जन्मिएका थिए, सुजल । उनले ८ कक्षासम्मको अध्ययन स्थानीय बालसंसार आवासीय माविबाट गरेका थिए । १३ वर्षको उमेरबाट स्थानीय क्लवबाट फुटबल खेल्न सुरु गरेका सुजलले काठमाण्डौको जेभियर स्कूलबाट १२ कक्षासम्म अध्ययन गरेका थिए । उनी धनकुटाबाट अण्डर १६ र १९ को राष्ट्रिय फुटबल प्रतियोगिता खेलेका थिए । त्यसपछि ए डिभिजन क्लव मनाङ मस्र्याङ्दी क्लवमा सहकप्तान र कप्तान हुँदै अहिले नेपाली राष्ट्रिय टीममा पर्नमात्र हैन कप्तान नै हुन् सफल भए । हाल उनी मच्छिन्द्र क्लव काठमाडौबाट खेल्दै आएका छन् । सुजलले नेपाललाई साफ च्याम्पियनसिप, बंगबन्धु कप, एएफसी सोलाडिरिटी र १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनलाई एएफसी सोलाडिरिटी कपको उपाधि नेपालले जितेको बेला पनि धनकुटामा किरण चेम्जोङसँगै नागरिक अभिनन्दन गरिएको थियो ।
को हुन् चित्रसिंह ?
धनकुटा १ मा बुबा यज्ञसिंह ठकुरी र आमा ओमकुमारी ठकुरीका कोखबाट जन्मिएका चित्रसिंह ठकुरीले २०५७ सालबाट उसुको प्रशिक्षक नयन श्रेष्ठले ल्याएर प्रशिक्षण लिन थालेका थिए । स्थानीय जनता आधारभूत विद्यालय र भाषा माध्यमिक विद्यालयमा अध्ययन गरेका ठकुरीले उसुमा विभिन्न क्षेत्रीय र राष्ट्रिय पदक जितिसकेका छन् । उनी २०६९ सालबाट नेपाल आर्मी क्लवबाट उसु प्रतियोगितामा भाग लिँदै आएका छन् ।
धनकुटा नगरपालिकाले यस अघि आठौं दक्षिण एशियाली खेलका स्वर्ण पदक विजेता कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यस्तै रजत पदक विजेता दुर्गा निरौलालाई पनि सम्मान गरिएके थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

रौतहटलाई पराजित गर्दै आर्मी फाईनलमा

Next Post

आर्मीले इतिहास रच्दै महिला गोल्डकप फुटबलको उपाधि चुमे

Next Post
आर्मीले इतिहास रच्दै महिला गोल्डकप फुटबलको उपाधि चुमे

आर्मीले इतिहास रच्दै महिला गोल्डकप फुटबलको उपाधि चुमे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..