• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आर्मीले इतिहास रच्दै महिला गोल्डकप फुटबलको उपाधि चुमे

फाईनलमा पेनाल्टी सुट आउटमा एपीएफ पराजित

Dhankuta News by Dhankuta News
२०७६, १८ पुष शुक्रबार २१:३४
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
आर्मीले इतिहास रच्दै महिला गोल्डकप फुटबलको उपाधि चुमे

s

धनकुटा । धनकुटामा सम्पन्न दोस्रो रिदामाहाङ–रामलिहाङ तथा प्रथम वाईवाई महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय क्लब त्रिभुवन आर्मी काठमाडौले जितेको छ । आर्मीले फाइनल खेलमा अर्को विभागीय क्लव सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पेनाल्टी सुट आउटमा ३–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

अहिलेसम्म महिला फुटवलको इतिहासमा आर्मीले एपीएफलाई पराजित गर्न सकेको थिएन । यो प्रतियोगितामा आर्मीले इतिहास रचेको छभने एपीएफको जितमा ब्रेक लागेको छ ।
खेल शुरु देखिनै बर्षाले प्रभावित भएको थियो । दुवै टिमले निर्धारित समयमा कुनैपनि गोल गर्न सकेन । दुवै टिमले गोल गर्ने अवसर पाएपनि बललाई गोलमा परिणत गर्न भने सकेन ।
निर्धारित समयमा गोलरहित भएपछि खेल ट्राईब्रेकमा गएको थियो । पेनाल्टीमा आर्मीका रस्मी घिसिङ, पुजा राना मगर र निशा बोहोराले गोल गरे । यता एपीएफकी मञ्जु दोङले मात्र आफ्नो प्रहार गोलमा परिणत गर्न सफल भईन् । एपीएफका स्ट्राईकर राष्ट्रिय खेलाडी सावित्रा भण्डारीले प्रहार गरेकी पहिलो वल पोष्टबाट बाहिरियो । यस्तै गीता रानाको प्रहार पनि बाहिरिएको थियो । यस्तै अनिता बस्नेतको प्रहार पोलमा लागेर फर्किएको थियो ।

जितपछि प्रतिक्रिया दिँदै आर्मीमा प्रशिक्षक चक्र तामाङले खेलाडीको कडा मेहनतका कारण पहिलो पटक एपीएफलाई पराजित गर्दै इतिहास रच्न सफल भएको प्रतिक्रिया दिए । यता पराजित एपीएफका प्रशिक्षक जनक सिंहले वर्षाका कारण पराजय हुनु परेको प्रतिक्रिया दिए ।
उपाधिसँगै त्रिभुवन आर्मीले नगद दुइ लाख सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उपविजेता एपीएफले एक लाख नगदसहित ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन वाध्य भए । फाइनल खेलको वुमन अफ द म्याच आर्मीकी पुजा राना मगर घोषित भइन् ।

प्रतियोगितामा एपीएफकी सावित्रा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट फरवार्ड आर्मीकी रस्मी घिसिङ, मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, डिफेण्डरमा एपीएफकी गीता राना भईन् । यस्तै गोलरक्षकमा आर्मीकी अञ्जना रानामगर, सर्वोत्कृष्ट गोलकर्तामा सात गोलसहित आर्मीकी शर्मिला थापा मगर र उदयमान खेलाडीमा आयोजक धनकुटाकी सुष्मिता राई घोषित भईन् । त्यस्तै उत्कृष्ट प्रशिक्षक आर्मीका चक्र तामाङ घोषित भए ।
विजेता तथा उपविजेता टोलीलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रमुख शकुन्तला बस्नेत, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । यही पुस १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय टोलीसहित ८ टिमको सहभागिता थियो ।

प्रतियोगिताको फाईनल खेल आयोजक समितिका संयोजक सन्देश आठपहरिया राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पदक विजेता धनकुटाका खेलाडि अभिनन्दित

Next Post

धनकुटाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

Next Post
धनकुटाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

धनकुटाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..