• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सातै तहमा नेपाली कांग्रेसको सम्मेलन सम्पन्न

एकजुट भएर संगठन विस्तारमा जोड

Dhankuta News by Dhankuta News
२०७६, २६ पुष शनिबार २२:५५
0
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter
सातै तहमा नेपाली कांग्रेसको सम्मेलन सम्पन्न

धनकुटा २६ पौष । नेपाली कांग्रेसको सातै स्थानीय तहमा एकैसाथ सम्मेलन सम्पन्न भएको छ । यसैक्रममा धनकुटा नगर सभापति रोशन श्रेष्ठको अध्यक्षतामा नगर सम्मेलन सम्पन्न भयो । सो सम्मेलनमा महासमिति सदस्य आनन्दसन्तोषी राईले सरकार जनताको आवश्यकता परिपूर्ति गर्न भन्दा आफ्नै खोजी भर्न तल्लिन रहेको आरोप लगाए । उनले अब कांग्रेसले सबैको साथ र सहयोगबाट मुलुकको विकास गर्ने बताए । सो अवसरमा जिल्ला सदस्य गोविन्द वाग्लेलगायत नगरका १० वटै वडाका वडा सभापतिहरुले वडाको अवस्था र आगामी दिनमा गर्नुपर्ने योजनाका वारेमा जानकारी गराएका थिए ।

यस्तै पाख्रिवास नगरपालिकामा एक घर एक क्रियाशील सदस्य बनाउने निर्णय गर्दै नेपाली कांग्रेसको पाख्रिवास नगर सम्मेलन सम्पन्न भएको छ । नगरभित्र एक घर एक क्रियाशील सदस्य बनाउने अभियान संचालन गर्दै संगठनलाई सशक्त र सुदृढीकरण गर्ने सम्मेलनले निर्णय गरेको हो ।

सो सम्मेलनको कांग्रेस जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राईले उद्घाटन गरेका थिए । उनले वर्तमान सरकार जनचाहनाअनुसार काम गर्न नसकेको विरोध आमसञ्चारमाध्यममा आएकोले तर्सिएर मिडिया काउन्सिल विधेयक ल्याएर जनताका सूचनाको अधिकार कुंठित गर्न लागि परेको आरोप लगाए । उनले कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्ति पुरा भएको उल्लेख गर्दै कांग्रेसले अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने बताए ।

पार्टी नगर कार्यसमितिका सभापति कोपिन मानन्धरको अध्यक्षतमा सम्पन्न सम्मेलनमा जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग, जयन्द्र घिसिङ्ग, शिक्षक संघमा पूर्व अध्यक्ष विश्वनाथ दाहाल, कांग्रेस क्षेत्रीय सचिव हरिबहादुर राई, महिला संघका उपाध्यक्ष अम्विका धमला, तरुण दलका उपाध्यक्ष युवराज पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले नेपाली कांग्रेसलाई अब पाख्रिवासमा मात्र नभई जिल्लामै गुट राजनीतिलाई त्यागी नयाँ ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्दै सशक्त बनाउनु पर्ने बताएका थिए ।

सम्मेलनमा स्वागत मन्तव्य नगर उपसभापति प्रेम भण्डारीले र संचालन सचिव चन्द्र बस्नेतले गरेका थिए । सम्मेलनमा नगरका १० वटै वडाहरुका सभापतिहरुले वडामा संगठनको स्थिति र नयाँ क्रियाशील सदस्यता वितरणका वारेमा अवगत गराएका थिए ।

सो समारोहमा नेकपालगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने राजेन्द्र महरालगायत एक दर्जन बढीलाई फुल माला र टिका लगाई स्वागत गर्दै कांग्रेसको सदस्यता प्रदान गरेका थिए । यस नगरमा केहि महिनादेखि विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नहरुको संख्या २ सय २७ जना भएको जिल्ला सदस्य ज्ञानबहादुर गुरुङ्गले जानकारी दिए ।

यसैगरी महालक्ष्मी नगर सम्मेलनको अवसरमा जिल्ला सभापति अग्नीप्रसाद पौडेले सरकारको रवैयाबाट जनतामा निरासा छाएकोले कांग्रेसले जनचाहना अनुसार संगठन विस्तार गर्न लाग्नु पर्ने बताए ।
नगर सभापति ध्रवराज रायको सभापतित्मवमा सम्पन्न सम्मेलनको संचालन सचिव शिव विकले गरेका थिए । कार्यक्रममा जिल्ला सदस्यहरु खेम पौडेल, राजेन्द्र पौडेल, राजेन्द्र खड्का, पूर्व जिल्ला सदस्य गजेन्द्र पौडेललगायतले सुझाव दिएको सचिव परिवर्तनराज पौडेलले बताए ।

यसैगरी चौविसेममा सम्पन्न सम्मेलनमा कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई वर्तमान सरकार तीनै तहमा बहुमत प्राप्त गरेको दम्भले अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाए । सो अवसरमा शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुङ्गाना, महासमिति सदस्यहरु दुर्गा सुवेदी, ललित चम्जोङ्ग, जिल्ला सदस्यहरु दवेन्द्र श्रेष्ठ, चन्द्र श्रेष्ठ, बखत भट्टराई, पूर्व जिल्ला सदस्य पदम याम्फु, शिक्षक संघ अर्थ सचिव रोहणी पाण्डेलगायतले अब कांग्रेसले चौविसे क्षेत्रको संगठनलाई विस्तार र सुदृढीकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

सो सम्मेलन कांग्रेस चौविसे गाउँपालिका सहसभापति मेघबहादुर थापाको अध्यक्षतमा सम्पन्न भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छ ः सिटौला

Next Post

प्रदेशस्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला गोल्डकप माघ ३ देखि हुने

Next Post
प्रदेशस्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला गोल्डकप माघ ३ देखि हुने

प्रदेशस्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला गोल्डकप माघ ३ देखि हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..