धनकुटा माघ १ । सहिद रामकृष्ण श्रेष्ठको स्मृतिमा पहिलो पटक प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता यहि माघ ३ गतेदेख हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजना हुन गैरहेको प्रतियोगितामा प्रदेश १ का ८ जिल्लाले सहभागी जनाएको छन् । सहभागी जिल्लाहरुमा आयोजक धनकुटालगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर रहने प्रतिष्ठानका अध्यक्ष इश्वर अकेलाले जानकारी दिए ।
तियोगिताको पहिलो दिन माघ गते एक खेल र त्यसपछि ४ र ५ गते दुई खेल हुने छ । यस्तै ६ गते सेमिफाईनल खेल पनि दुईटा र ७ गते फाईनल खेल हुने छ । टाईसीटअनुसार माघ ३ गते धरान र मोरङ महिला फुटवल क्लवबीच हुने छ । यस्तै ४ गते पहिलो खेल कन्काई नगरपािलका महिला टिम झापा र पाँचथर जिल्ला फुटवल संघ र दोस्रो खेल धनकुटा फुटवल संघ र इलाम वीच हुने छ । यस्तै माघ ५ गते बसाह फुटबल क्लव उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुङ वीच हुने आयोजक समिति प्रतिष्ठानका उपसभापति सत्यनारायण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले एक लाख नगद र मेडल, गोल्डकप प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टिमले नगद ५० हजार, मेडल र कप प्राप्त गर्ने छ । प्रतियोगिताका हरेक खेलमा ओमेन अफ द म्याच हुने र हरेक विधाका उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजिक समितिका प्रतिष्ठानका सल्लाहकार तथा व्यवस्थापन समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए । प्रतियोगिता संचालन गर्न करिव १३ लाख रुपैया लाग्ने राईले जानकारी दिए ।
सहिद श्रेष्ठ धनकुटा नगरपालिका वडा नं. ७ हुलाकटोलमा जन्मिएका थिए । देशमा प्रजातन्त्र पुनस्र्थापनका लागि राजालाई दवाव दिन २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा वीरेन्द्र शाह सवारीस् भएको क्षेत्रमा बम प्रहार गर्दा श्रेष्ठको निधन भएको थियो । उनलाई २०७४ साल माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्टिय सहिद घोषणा गरिएको थियो ।