• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद रामकृष्ण श्रेष्ठ गोल्डकपको उपाधी मोरङले चुम्यो

Dhankuta News by Dhankuta News
२०७६, ७ माघ मंगलवार २२:४१
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter
सहिद रामकृष्ण श्रेष्ठ गोल्डकपको उपाधी मोरङले चुम्यो

धनकुटा ७ माघ । धनकुटामा सम्पन्न प्रथम सहिद रामकृष्ण श्रेष्ठ १ नं. महिला गोल्डकप फुटवल प्रतियोगिताको उपाधी मोरङ महिला क्लवले चुम्न सफल भएको छ । मोरङले प्रतिस्पर्धात्मक फाईनल खेलमा स्थानीय धनकुटा महिला टिमलाई शून्यका विरुद्ध १ गोल गरी पराजित गर्न सफल भयो ।

सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानको आयोजनामा सम्पन्न खेलको मध्यान्तरसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । मध्यान्त पछि ७ मिनेमा धनकुटाकी भूमिका राईको डिवक्स एरियाभित्र ह्याण्ड भए पछि मोरङलाई पेनाल्टी दिएको थियो । सो पेनाल्टीलाई मोरङकी इमा राईले सदुपयोग गर्दै गोलमा परिणत गरिन् । सो एकमात्र गोल नै प्रतियोगिताको विजयी गोल भयो ।
उपाधीसँगै मोरङले नगद १ लाखसहित गोल्डकप, ट्रफि हात पार्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको धनकुटाले नगद ५० हजार, कप र ट्रफि प्राप्त गरेको छ ।

प्रतियोगितामा मोरङकी इमा राई सर्वोत्कृष्ठ खेलाडी घोषित भईन् । यस्तै विधागत तर्फ मोरङकी कल्पना क्षेत्री उत्कृष्ट गोलकिपर, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बु डिफेण्डर घोषित भईन् । त्यस्तै धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी धनकुटाकी सुनिता तामाङ भईन् । प्रतियोगिताभर २÷२ गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा मोरङकी सावित्रा मगर र इमा राई पुरस्कृत भईन् । उनीहरु सवैलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई पूवमन्त्री तथा संविधान सभाका सदस्य सुनिलबहादुर थापा, १ नं. प्रदेश सांसद लिला सुब्बा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, बरख गण सल्लेरी व्यारेकका गणपति प्रमुख सेनानी भगवान थापामगर, जिल्ला प्रहरी प्रमुख एसपी सुर्दशनप्रसाद कोईराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपति डिएसपी सचिन कर्माचार्य, प्रतिष्ठानका अध्यक्ष इश्वरबहादुर श्रेष्ठ, सल्लाहकार विजयसन्तोषी राई, सहिद श्रेष्ठकी बहिनीहरु उमालक्ष्मी श्रेष्ठ, शुभलक्ष्मी श्रेष्ठ, ज्वाई फणिन्द्रकुमार सैजु, भतिज सचिन श्रेष्ठलगायतले नगदसहित गोल्डकप, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।

समापन समारोहमा सहिद रामकृष्ण श्रेष्ठका भाई बैकृण्ठकृष्ण श्रेष्ठ, बहिनीहरु शुभलक्ष्मी श्रेष्ठ, उमालक्ष्मी श्रेष्ठ र भतिज सचिन श्रेष्ठलाई र सहिद भीमनारायण श्रेष्ठकी छोरी ममता श्रेष्ठ अमात्यलाई सम्मान गरिएको थियो । यस्तै सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा फुटबल प्रतियोगिता शुरु गरी धनकुटामा फुटवल खेलको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै गोल्डकपका संस्थापक अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यस्तै सुनसरी फुटबल संघका पूर्व अध्यक्ष दिलीप राई, धनकुटा फुटवल संघका पूर्व अध्यक्षहरु अशोकभगत श्रेष्ठ, शम्भु प्रधान, धिरेन्द्रलाल श्रेष्ठ र बर्तमान अध्यक्ष गोविन्द राई, १ नम्वर प्रदेशका प्रमुख प्रशिक्षक सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै प्रतियोगिताको उत्कृष्ठ समाचार सम्पे्रषण तथा प्रशारण गरेकोमा संचारकर्मीहरु रमेशचन्द्र अधिकारी, हरिबहादुर लम्जेल र शर्मिला राईलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्री सुनिलबहादुर थापाले देशमा लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुती दिनुभएका सहिदहरुको लोकतन्त्र स्थापना पछि पनि राज्यले सम्मान नगरे पछि आफु सम्मिलित मन्त्रिपरिषद्ले २०७४ साल माघ ३ गते सम्मान गर्दै सहिद घोषणा गरेको जानकारी दिए । उनले सहिदहरुले देखाएको मार्गमा हिड्न सके मुलुक चाडै समृद्ध हुने र यहि सहिदहरुप्रति सम्मान हुने बताए । यस्तै प्रदेश सभाका सदस्य लिला सुब्बाले सहिदहरु देशको सम्पती भएको वताईन । यस्तै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा विस्तारै खेलकुदको हव बन्दै गएको बताए । उनले नगरपालिका खेलकुदको विकासमा प्रतिवद्ध रहेको बताए ।

नेपालमा लोकतन्त्र स्थापनाको क्रममा सहादत प्राप्त गर्नुभएका रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन शेरबहादुर देउवाको नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरिएको थियो । सोहि दिनको स्मरण गर्दै सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले माघ ३ गतेदेखि प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा १ नं. प्रदेशका धनकुटालगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मारङ र उदयपुरका गरी ८ टिमको सहभागीता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष इश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद रामकृष्ण श्रेष्ठको जिवनी सल्लाहकार विजयसन्तोषी राईले प्रस्तुत गरेका थिए । प्रतिष्ठानका सचिव कृष्ण भागवत श्रेष्ठले स्वागत मन्तव्य र सहिदका ज्वाई फणिन्द्रकुमार सैजुले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सुमना तिम्सिनाले गरेकी थिईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको फाईनलमा धनकुटा र मोरङ

Next Post

आँखा उपचारमा कोशी पहाडको केन्द्र बनाउन पहल गरिनु पर्ने

Next Post
आँखा उपचारमा कोशी पहाडको केन्द्र बनाउन पहल गरिनु पर्ने

आँखा उपचारमा कोशी पहाडको केन्द्र बनाउन पहल गरिनु पर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..