धनकुटा १२ माघ । पूर्वकै पुरानो गोकुण्डश्वर मावि धनकुटा ६ मा आज डा. गोपाल भट्टराईको अध्यक्षतामा ११ सदस्यीय गोकुण्डेश्वर एल्मूनाई एशोसियशन गठन गरिएको छ । पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको बृहत् भेलाले सो एशोसियशन गठन गरेका हुन् ।
समितिका महासचिवमा सुनिलकुमार डंगोल, सदस्य सचिवमा यज्ञप्रकाश चापागाई चयन भएको छ । यस्तै सदस्यहरुमा रेणु श्रेष्ठ, कल्याण भक्त श्रेष्ठ, नरेन्द्र जंग बस्नेत, पुरेन्द्रलाल श्रेष्ठ, थामबहादुर राई, विजयसन्तोषी राई, नगेन्द्र भट्टराई, सावित्री श्रेष्ठलाई चयन गरेको छ ।
सो भेलालाई पूर्व विद्यार्थी तथा प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राईले
को प्रमुख आथित्यमा भएको पूर्व विद्यार्थीहरु,अभिभवाकहरु, पूर्व शिक्षकहरुको वृहत भेलाले पहिलो पटक प्रध्यापक डा. गोपाल वहादुर भट्टराईको अध्यक्षतमा ११ सदस्यीय एल्मुनाई एशोसियसन गोकुण्डेशवर मावि धनकुटा गठन गरेको छ ।
उक्त वृहत भेलामा संघिय सांसद राजेन्द्र राईले जुन मुलुकमा शिक्षित नागरिक हुन्छ, त्यो देश चाडै विकास हुने भन्दै गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिए । उनले अब शिक्षामा परिवर्तन गर्दै उत्पादनमुलुक बनाउनु पर्ने बताए । सो अवसरमा उनले २५ हजार शुल्क दिदै मानार्थ सदस्यता प्राप्त गरेका थिए ।
कार्यक्रममा गोकुण्डेश्वर मावि एल्मुनाई एशोसियसनका नवनिर्वा्चित अध्यक्ष प्रध्यापक डा.गोपाल भट्टराई, धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत, नेकपाका सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, शिक्षा निर्देशनालयका उपनिर्देशक कृष्णप्रसाद पोखरेल, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, अभिभावक संघका अध्यक्ष सुन्दरवाबु श्रेष्ठलगायतले शिक्षालाई समयअनुरुप परिवर्तन गर्दै प्रविधियुक्त र व्यावहारिक बनाउनु पर्ने बताएका थिए ।
सो भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा माविका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईले विद्यालयका प्रगती प्रतिवेदन, भावी कार्यक्रम र एशोसियसन गठनको उद्देश्यका वारेमा जानकारी दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक लक्ष्मी सापकोटाले र संचालन शिक्षक गंगाराम ढुंगाना, यशोदा सुवेदी घिमिरेले गरेका थिए ।
स्मरणीय कुरा आजभन्दा २६ वर्ष अघि जीवलाल थेच्मीको अध्यक्षतामा गोकुण्डेश्वर पूर्व विद्यार्थी संघ (गेसा ) गठन गरिएको थियो । सो संघ दिनेश अमात्य, रामनारायण श्रेष्ठ, राजेश्वरबहादुर श्रेष्ठ, पुष्कर जोशी, नरेन्द्र श्रेष्ठ, घनश्याम श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, महेन्द्र श्रेष्ठ, पूर्णशेखर श्रेष्ठ, शम्भू प्रधान, गोपी प्रधानलगायतको भेलाले गठन गरेका थिए । गेसाले गेसा नाईटका नाममा सांगितिक कार्यक्रमसमेत आयोजना गरेका थिए । त्यस समयमा गेसाले पूर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयलाई कम्युटरलगायतका सामग्री प्रदान गरेको दिनेश अमात्यले जानकारी दिए ।