• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाको आँखा अस्पताललाई पूर्वी पहाडकै केन्द्र बनाईने

Dhankuta News by Dhankuta News
२०७६, २७ माघ सोमबार २२:३०
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाको आँखा अस्पताललाई पूर्वी पहाडकै केन्द्र बनाईने

धनकुटा २७ माघ । आँखा उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै पूर्वी पहाडकै आँखा उपचार केन्द्रका रुपमा विकास गर्नेलगायतका निर्णयहरु गरेको छ । सो निर्णय नेपाल नेत्रज्योती संघ धनकुटाको ११ औं साधारण सभामा गरिएको हो ।
संघको साधारणसभाको एक कार्यक्रमका वीच १ नं. प्रदेशका सांसद निरन राईले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि सांसद राईले राज्यले कम लगानी गर्दा पनि आँखा उपचारका क्षेत्रमा नेत्रज्योती संघले दिईरहेको सेवाको प्रशंसा गरे । उनले राज्यले यो क्षेत्रमा पनि प्राथमिकता दिनुपर्ने बताउँदै संघले धनकुटामा संचालन गरिरहेको आँखा उपचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष प्रा. डा. चेतराज पन्तले आँखा उपचार सेवालाई देशका सबै स्थानीय तहसम्म विस्तार गर्न पहल भैरहेको जानकारी दिए । उनले यसकालागि सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।
सो अवसरमा संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठले जिल्लामा स्वास्थ्यसेवाको अवस्था झन झन खस्केको भन्दै सेवा विस्तारका लागि पहल गर्न सांसद तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानलाई आग्रह गरे । यस्तै जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले संघले पूर्वी पहाडी क्षेत्रमै आँखा उपचारका क्षेत्रमा गरिरहेको सेवाको प्रशंसा गरे । कार्यक्रममा संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, १ नं. प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायतले संघले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै अझ थप विस्तार र प्रभावकारी बनाउँदै धनकुटाको हावापानी मौसम अनुकुल रहेकोले भारतबाटसमेत उपचार गराउन आउने गरी गुणस्तर बृद्धिमा ध्यान दिनु पर्ने सुझाव दिए । उनीहरुले आँखा संवेदनशील अंग भएकाले सेवा विस्तारका लागी सरोकारवाला निकाय, सरकार र स्थानीयवासीले समेत सहयोग गर्नु पर्नेमा जोड दिए ।
संघका जिल्ला अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको सो सभामा शाखाको वार्षिक प्रतिवेदन र भावी कार्यक्रम शाखाका सदस्य विजयसन्तोषी राईले र आर्थिक प्रतिवेदन शाखाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य डा. रामप्रसाद पोखरेल आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ मिश्रले र सञ्चालन ज्योती प्रधानले गरेका थिए ।
सो अवसरमा एम्बुलेन्स खरिद गर्न विशेष सहयोग गरेको भन्दै पूर्व शिक्षा राज्यमन्त्री धनमाया विकलाई सम्मान गरिएके थियो । यस्तै संघको भवन निर्माण गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट बिनियोजन गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै मन्त्रालयका तत्कालीन सचिव धरणीधर खतिवडा र संघलाई साधन स्रोत सम्पन्न बनाई वर्तमान अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शाखाका पूर्वसभापति तथा वर्तमान केन्द्रिय कोषाध्यक्ष द्रोण गुरागाईलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई शाखाको तर्फबाट सांसद राई, केन्द्रिय अध्यक्ष प्रा.डा. पन्त र शाखा सभापति श्रेष्ठले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
सभाले संघबाट संचालित अस्पताललाई थप साधन स्रोत सम्पन्न बनाई गुणस्तरीय र प्रभावकारी सेवा विस्तार गर्दै धनकुटालाई आँखा उपचार सेवाका लागि पूर्वी पहाड कै केन्द्र बनाउने निर्णय गरेको छ । सभाले महालक्ष्मी नगरपालिकाको जितपुरमा र चौविसे गाउँपालिकाको राजारानीमा आँखा उपचार केन्द्र स्थापना गर्ने, ओ.ए. कक्षा संचालन गर्ने, सबै पालिकासँग सहकार्य र समन्वय गरी आँखा उपचार सेवा संचालन गर्ने, आँखा उपचार सेवालाई टोल टोलमा सेवा विस्तार गर्नेलगायतका निर्णयहरु गरेको अध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

शहीद भीमनारायण स्मृति दिवस सम्पन्न

Next Post

पिङबुङ अन्तर क्लव फुटवलको उपाधी किरात क्लवको पोल्टामा

Next Post
पिङबुङ अन्तर क्लव फुटवलको उपाधी किरात क्लवको पोल्टामा

पिङबुङ अन्तर क्लव फुटवलको उपाधी किरात क्लवको पोल्टामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..