धनकुटा ३ फागुण । नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा ५ का पूर्व सभापति तथा युवा नेता स्वर्गीय रोहित पुरीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए । सो कुरा पूर्व सभापति पुरीको छौंटौ पुण्य दिनको तिथिमा मृतक पुरीको परिवारजनलाई समवेदना व्यक्त गर्ने क्रममा बताएका हुन् ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रेखा पुरीकी छोरा नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ५ का पूर्व सभापति युवा नेता रोहित पुरीको ४२ वर्षको कलिलो उमेरमा गत माघ २८ गते ह्दयघात भै निधन भएका थिए ।
४२ बर्षको उमेरमा निधन भएको थियो ।
सो समवेदना प्रकट तथा श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस पूर्वसभापति तथा संधिवान सभा सदस्य मनोहरनारायण श्रेष्ठ, महासमिति सदस्य, कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, सदस्य ज्ञानु गुरुङ्ग, पार्टी पाख्रिवास नगर उपसभापति प्रेम मण्डारी, पार्टी लेगुवाका पूर्व सभापति भूपाल ठकुरी, नेता केदार घिमिरे, लगायतले यूवा नेता स्व. पुरीको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।