धनकुटा । धनकुटा जिल्लामा पनि दिनप्रतिदिन मुटुरोगको संख्यामा बृद्धी हुदै गएको छ । सो कुरा धनकुटामा नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा आयोजित मुटुरोग सम्वन्धि अन्तक्र्रिया कार्यक्रममा सहभागी चिकित्सकहरुले बताएका हुन् ।
धनकुटामा स्वास्थ्य परिक्षण गर्न आएका विरामीहरुमा मुटुको समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । मानिसको सवैभन्दा महत्वपूर्ण अङ्ग मुटु भएकोले मुटुको स्वास्थ्यमा सवैले विशेष ध्यान दिनु पर्ने सो कार्यक्रममा मुटुरोग विशेषज्ञहरुले बताएका छन् ।
सो अवसरमा १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले मुुटु स्वस्थ्य रहे मानिस स्वस्थ्य हुने भएकाले मुटुलाई स्वस्थ्य राख्न विशेष ध्यान दिनु पर्नेमा जोड दिईन् ।
सो अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकालले मानिसको मुटुलाई स्वस्थ्य राख्नका लागी हृदयरोग निवारण प्रतिष्ठानले जनचेतनामूलक अभियान संचालन गरिरहेको जानकारी दिदै अभियानलाई जनस्तरसम्म लैजाने बताए ।
प्रतिष्ठान धनकुटाका अध्यक्ष रामकुमारी भण्डारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा मुटुरोग सर्जन तथा प्रतिष्ठानका केन्द्रिय महासचिव प्राध्यापक डा. प्रकाशराज रेग्मी र केन्द्रिय सदस्य मुटुरोग सर्जन डा. प्रेमराज बैद्यले मुटु र मुटु रोगको वारेमा विस्तुत जानकारी प्रस्तुत गर्दै मुटुलाई स्वस्थ्य बनाउने चावी भनेको खान, पान तथा व्यायाम रहेकोले यसलाई विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई स्वागत मन्तव्य राखेका थिउ । कार्यक्रमको संचालन सदस्य दिल कुमारी वालिगले गरेकी थिईन ।
कार्यक्रममा धनकुटा अस्पतालका डाक्टरहरु, स्वास्थ्यकर्मीहरु विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र प्रतिष्ठान धनकुटाका सदस्यहरु र मुटुरोगीहरुको सहभागीता रहेको थियो ।