• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

औद्योगिक ग्राममा क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थापना

वीरगञ्जमा एकजना व्यापारीलाई कोरोना देखियो

Dhankuta News by Dhankuta News
२०७६, ९ चैत्र आईतवार २२:०४
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter
औद्योगिक ग्राममा क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थापना

धनकुटा चैत्र ९ । विश्वभर नोवेल कोरोना भाईरस (कोभिड–१९) ले आतंक मच्चाईरहेको छ । यसको जोखिम हर क्षेत्र परिरहेको छ । यसैक्रममा धनकुटामा आइपर्न सक्ने संक्रमणलाई सामना गर्नको धनकुटा नगरपालिका वडा नं. ६ स्थित औद्योगिकग्राममा क्वारेन्र्टान र आईसोलेशन वार्ड स्थापना गरिएको छ ।

साना उद्योग सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समितिको १५ वटा खालि भवनमा सो कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । झण्डै ४ वर्ष अघि निर्माण गरेको ग्राम उद्योग सचालन कार्यविधिको अभावमा कुनै उद्योग स्थापना हुन नसकी खाली रहेका छन् । ग्रामको खाली भवनहरुमा जिल्ला प्रशासन कार्यालयको पहलमा नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय सरोकारवालाहरुको सहयोगमा क्वारेन्टाईन र आईसोलेसन कक्ष स्थापना गरिएको छ ।

हाललाई औद्योगिक ग्रामको ११ वटा भवनमा ६० वटा क्वारेन्टाइन बेड र १२ वटा आइसोलेसन बेड स्थापना गरिने छ । बाँकी ३ वटा भवनमा स्टोर र अर्को एउटामा मेडिकल टिम आवश्यकता अनुसार राखिने गरी कार्ययोजना अघि बढाइएको प्रजिअ विमलीले जानकारी दिए । यसका साथै धनकुटा प्रवेश गर्ने मुख्य नाका भेडेटारमा स्वास्थ्य परीक्षण डेक्स स्थापना गरिएको छ । क्वारेन्टाईन कक्षमा तत्कालको लागि ६ वडा वेड तयारी अवस्थामा राखिएका छन् भने आइसोलेसनको लागि पनि बेडहरुको तयारी गरिएको छ ।

अहिले कोरोना भाइरसको कुनै विरामी नदेखिएता पनि कुनै पनि समय संक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर यस्तो व्यवथा गरिएको जनाएको छ । कोरोना भाईरसबाट हुने समस्याका वारेमा सचेतनाका लागि सरकारी तथा सामाजिक संघ संस्थाहरुको समन्वयमा व्यापक प्रचार प्रसार गरिने छ । यस्तो संकटको समयमा हुनसक्ने कालावजारी तथा बजारमा दैनिक उपभोग्य सामग्रीहरुलगायत औषधिको अभाव हुन नदिन कडाईका साथ अनुगमन गरिने प्रजिअ विमलीले जानकारी दिए ।

यस्तै नोवेल कोरोना भाईरसबाट बच्नका लागी हाटबजार बन्द गर्ने निर्णय गरिसकेको छ । तथापी कुनैपनि समय हुनसक्ने संक्रमणलाई ध्यानमा राखेर सरकारको निर्देशन र स्थानीय प्रशासनको पहलमा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग आवश्यक समन्वय गरेर पूर्व तयारीको काम गरिरहेको बरख गण सल्लेरीका गणपति भगवान थापा मगरले बताए । गणपति मगरका अनुसार औद्योगिक ग्रामको खाली भवन सफा गर्नुको साथै आवश्यक पर्ने सम्पूर्ण तयारी भैसकेको जानकारी दिए । अहिले औद्योगिक ग्रामको भवन आसपासको सरसफाईदेखि आवश्यक पर्ने बेड, खानेपानी, विद्युत, शौचालयको साथै सडक मर्मतसम्भार गरिएको छ ।
विरामी आएको अवस्थामा आवश्यकताअनुसार चिकित्सकको व्यवस्थासमेत गरिने प्रजिअ विमलीले जानकारी दिए ।

नेपालमा अहिलेसम्म कुनै कोरोनाको विरामी नदेखिएको भनिरहदाँ आजै वीरगञ्जमा एक जना व्यापारी शिवकुमार रुङ्टालाई कोरोना भाईरस पोजिटिक देखिएको छ । हिजोसम्म कुनै विरामी नदेखिएको भनेर लापर्वाही गरिएपनि अब थप सजग हुनुपर्ने अवस्था आएको छ । यो समयमा अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन व्यवसायीहरु इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नोवल कोरोना भाईरसबाट बच्न सम्पूर्ण हाटबजार, भेला, सभा सम्मेलन बन्द

Next Post

वीरगञ्जका एकजना व्यापारीमा कोरोना देखियो

Next Post
वीरगञ्जका एकजना व्यापारीमा कोरोना देखियो

वीरगञ्जका एकजना व्यापारीमा कोरोना देखियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..