धनकुटा चैत्र ९ । नेपालमा कुनैपनि नागरिकलाई कोरोना भाईरसका लक्षण नदेखिएको सुखद समाचार आईरहेको अवस्थामा वीरगञ्जका एक जना व्यापारीलाई यो भाईरसको संक्रमण देखिएको जनाएको छ । केहि दिनदेखि विरामी रहेको वीरगञ्जका व्यापारी शिवकुमार रुङ्टालाई स्थानीय गण्डक अस्पतालमा उपचार गराउँदा कोरोना भाईरसको लक्षण देखिए पछि थप परीक्षणका लागि पटनास्थित पटना मेडिकल कलेजमा उपचार गराईरहेका थिए । उनको रगत परीक्षण गर्दा आज कोरोना भाईरस पोजिटिभ देखिएको मेडिकल कलेजले उल्लेख गरेको जनाएको छ ।
उनलाई कोरोनाको लक्षण देखिएको समाचार बाहिर आउनासाथ वीरगञ्ज र आसपासका स्थान आतंकित बनेको छ । हाल उनलाई घरमै आईसोलेशनमा प्रहरी सुरक्षाका साथ राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जवकि थप परीक्षणका लागि काठमाडौं वा सुविधा सम्पन्न ठाउँमा क्वारेन्टाईन कक्षमा राखेर उपचार गरिनु पर्ने हो । यसरी घरमै सेल्फ क्वारेन्टाईनमा राखिदा उनका परिवारका अन्य सदस्य वा छिमेकमा पनि यो भाईरस सर्न सक्ने सम्भावना रहन्छ । अहिले नै देशमा यो भाईरसको महामारी नदेखिएको अवस्थामा उनलाई तत्काल क्वारेन्टाईनमा राखेर उपचार गर्नु सरकारको पनि दायित्व हो ।
यसका साथै उनी कहाँ कहाँ कोकोसँग सम्पर्कमा रहे ती सबै व्यक्तिहरुलाई तत्काल क्वारेन्टाईनमा राखेर स्वास्थ्य परीक्षण गरिनु पर्छ । र, आम नागरिकहरुमा कोरोनाको संक्रमण देखिना साथ मृत्यू हुदैन भनेर सन्देश प्रवाह गर्नु पर्छ । यहाँ त कोरोनाको भाईरसको संक्रमले भन्दा यसको त्रासले ठूलो क्षति हुने सम्भावना पनि देखिदै छ । र, तीनै तहको सरकारले विशेषगरी सरसफाईलाई बढी महत्व दिएर कार्यक्रम अगाडि बढाउन पनि जरुरी छ ।