धनकुटा । हिजो भाईरल भएको वीरगञ्जका व्यापारी शिवकुमार रुङ्टामा कोभिड १९ अर्थात नोवेल कोरोनाको संक्रमण भएको समाचार गलत भएको जनाएको छ । उनको अन्तिम रगत परिक्षणबाट कोरोनाको संक्रमण नभएको उनी उपचारत अस्पतालले पुष्टी गरेको छ । हाल उनको भारत विहारको राजधानी पटनास्थित पटना मेडिकल कलेल अस्पतालमा उपचार भैरहेको छ । तर, सोहि अस्पतालमा अन्य एकजना भारतीयलाई भने कोरोना भाईरसको संक्रमण भएको अस्पतालले जनाएको छ ।
व्यापारी रुङ्टालाई कोरोना भाईरसको संक्रमण भएको सोहि जिल्लाका सांसद प्रदीपकुमार यादवले फेसबुकमा स्टाटस राखेपछि भाईरल भएको थियो । उनलाई कोरोना भाईरसको संक्रमण भएको समाचार भाईरल भएपछि वीरगञ्ज र छिमेकी जिल्लामात्र नभई देशैभर एक प्रकारको संन्त्रास फैलिएको थियो । उनलाइ कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएपछि केहि राहत महसुस भएपनि यसबाट बच्न उच्च सतर्कता भने आमनागरिकहरुले अपनाउनै पर्छ ।
अहिले विश्वजगत नै कोरोना भाईरसकोआतंकबाट गुज्रिरहेको अवस्था छ । हाम्रा छिमेकी मुलुक चीनको बुहानबाट फैलिएको यो कोरोना भाईरसको संक्रमणबाट पीडित हुने मुलुकहरुको संख्या दिनदिनै बढ्दै गएको छ । यस्तो अवस्थामा चीनको नजिकको मुलुक हाम्रो देश नेपालमा अहिलेसम्म यो भाईरसको संक्रमण नफैलिनमा अहिलेसम्म भाग्यले साथ दिए पनि यसबाट बच्न उच्च सतर्कता अपनाउनु नै पर्छ । हामी आमनागरिकहरुले पनि सरकारले निर्देश गरेको कुराहरुलाई ध्यान दिएर पालना गर्नु पर्छ ।
यो भाईरस युवालाई भन्दा बालक र बृद्धाहरुलाई बढी जोखिम हुन्छ । यहि कारण युवा लापर्वाही गरिरहेको पाईन्छ । तर, युवालाई लागेको यो भाईरस उसका परिवारका बालक र बृद्धाहरुलाई सर्न सक्ने भएकाले युवा वर्ग पनि बढी सचेत हुन आवश्यक छ ।