धनकुटा १२ चैत्र । नेपाली कांग्रेस धनकुटाले कोरोना भाईरस (कोभिड १९) बाट बच्न सतर्कता अपनाउन अपिल गरेको छ । अपिलमा भनिएको छ – विश्वमा नै महामारीको रुपमा फैलिदै गएको कोरोना हाम्रो मुलुकमा पनि देखा परेकोले धनकुटालगायत देशभर कोरोना भाईरसको संक्रमण फैलिन नदिन सबैलाई सचेत भई जिम्मेवारीपूर्ण ढंगले सकतर्कता अपनाउन भनिएको छ ।
यो कोरोना भाईरस (कोभिड १९) छिमेकी मित्रराष्ट्र चीनको बुहान शहरबाट संक्रमण शुरु भै हाल विश्वको १ सय १५ भन्दा बढी देशहरुमा फैलिएर १८ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यसले हाम्रो मुलुकमा पनि देखा परेकोले सबैलाई आतंकित र त्रसित बनाएकोले सरकारले यसबाट बच्न गरेको लकडाउनलाई साथ दिन घरमै बसी सफल बनाउन विज्ञप्तीमा आग्रह गरेका छन् ।
कांग्रेस जिल्ला सचिव विजयसन्तोषीद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो विपत्तिमा अहोरात्र खटिरहनु भएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रका, उद्यमी तथा व्यवसायीहरुलाई धन्यवाद दिएको छ । यस्तै आमधनकुटावासीलाई यस्तो विषमपरिस्थितिसँग सामना गर्न सरकारको एक्लो प्रयासबाट मात्र संभव नहुने हुदाँ हामी सबैले यो कोरोना भाईरस फैलिन नदिई आफु बाच्न र अरुलाई बचाउनका लागी सरकार तथा स्थानीय प्रशासनले जारी गरेको निर्देशन अनुरुप सजक रही आफ्नो कर्तव्य पुरा गर्न विज्ञप्तीमार्फत अपिल गरेको छ ।