धनकुटा चैत १७ । दुई साता अघि पोर्चुगलबाट फर्किएका एक युवालाई आईसोलेशनमा राखिएको छ । धनकुटा नगरपालिका वडा नं. ८ का ती युवालाई केहि दिनदेखि उच्च ज्वरो र रुघाखोकीलगायतका लक्षण देखिएपछि आज सोमबारदेखि आइसोलेसनमा राखिएको हो । उनको परिचय भने प्रशासनले गाप्य राखेका छन् ।
उनलाई जिल्ला अस्पतालमा अलग्गै कक्ष बनाई आइसोलोसनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए । ती युवाको अहिले जिल्ला अस्पतालमा प्रारम्भिक उपचार भैरहेको छ । सूचना अधिकारी श्रेष्ठकाअनुसार ती युवाका परिवारलाई पनि चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिने तयारी भैरहेको जानकारी दिए । प्रशासनले विदेशबाट आएका अन्य व्यक्तिहरुको पनि अभिलेख राखी निगरानीमा राखेको जनाएको छ ।
प्रारम्भिक उपचार गरिरहेका जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माकाअनुसार अहिले नै उनलाई नोवेल कोरोनाको संक्रमण भए नभएको भन्ने अवस्था छैन । डा. विश्वकर्माकाअनुसार बिरामी युवाको स्वाब परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउने तयारी भइरहेको जानकारी दिए । उनले प्रतिष्ठानबाट परिक्षणको प्रतिवेदन आएपछि मात्र के भएको हो भन्न सकिने जानकारी दिए । उनले अहिले मौसम परिवर्तनका कारण पनि सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या रहेका बताए ।
सूचना अधिकारी श्रेष्ठले ती युवा नेपाल आएर कहाँ कहाँ बसेका थिए ?, को को सँग संसर्ग भएका थिए भन्ने जानकारी लिईरहेको दिएका दिए । उनीसँग संसर्गमा आएकाहरुको अवस्था के कस्तो छ र उच्च ज्वरो आउना साथ आईसोलेशनमा लिन प्रशासन लागि परेको जानकारी दिए । श्रेष्ठले यो लकडाउनको समयमा सबैलाई घरमै बसेर कोरोना भाईरस धनकुटामा आउन नदिनका लागि समेत जिल्लावासीहरुलाई अनुरोध गरेका छन् । उनले सरकारले अझ एक हप्ता लकडाउनको समय थपेकाले यसलाइृ धनकुटामा पनि कडाईका साथ लागू गरिने जानकारी दिए । यो लकडाउनको समयमा जोकोहि विना काम रबाहिर देखिए कानून कमोजिम कार्वाही गरिने जानकारी दिए ।