• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सूर्यबहादुर थापा फाउण्डेशद्वारा लाखौंको सुरक्षा सामग्री हस्तान्तरण

स्थानीय प्रशासनद्वारा सञ्चारकर्मीलाई प्रवेशमा रोक

Dhankuta News by Dhankuta News
२०७६, २५ चैत्र मंगलवार १४:१७
0
0
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter
सूर्यबहादुर थापा फाउण्डेशद्वारा लाखौंको सुरक्षा सामग्री हस्तान्तरण

धनकुटा २५ चैत्र । सूर्यबहादुर थापा फाउण्डेशनले लाखौं मूल्यबराबरको सुरक्षासँग सम्बन्धित सामग्री हस्तान्तरण गरेका छन् । धनकुटामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी तथा एम्बुलेन्सका चालकहरुका लागि सुरक्षित पोशाक पीपीई किट, पञ्जा, स्यानिटाईजरलगायतका सामग्री हस्तान्तरण गरेका छन् ।

सो सामग्री औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन तथा क्वारेन्टाईन केन्द्र, जिल्ला अस्पताल र जिल्लाको सातै स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका लागि उपलब्ध गराईएको फाउण्डेशनका अध्यक्ष तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए । ती सामग्री आजै एयर डाइनेष्टीको हेलिकप्टर चार्टर गरेर पठाएका थिए । पठाईएको सामग्रीहरु पूर्वमन्त्री थापा आफैले लोड गरेको तस्वीर सार्वजनिक भएको छ ।

हस्तान्तरण गरिएको सामग्रीहरुमा स्वास्थ्यकर्मीका लागि पीपीइ किट–७४ सेट, एम्बुलेन्स चालक तथा सहयोगी किट २२ सेट, पञ्जा २२ बाकस, स्यानिटाइजर ३० बोतल, डेटोल हेण्डवास ७२ बोतल, डेटोल साबुन ७२ थान, मास्क २ हजार थानलगायतका सामग्रीहरु पठाईएको अध्यक्ष थापाले जानकारी दिए । जसअनुसार जिल्ला अस्पताल र औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन तथा क्वारेन्टाईन केन्द्रका लागि समान १२÷१२ थान पीपीई किट, एम्बुलेन्स चालकका लागि पोशाक ४÷४ थान र पञ्जा १ बाकस अर्थात ५०÷५० थान रहेको छ ।

यस्तै डाँडाबजार प्राथमिक स्वास्थ्य केन्द्र, जितपुर स्वास्थ्य केन्द्र र आहाले स्वास्थ्य चौकीका लागि समान पीपीई किट ४÷४ थान, एम्बुलेन्स चालकका लागि पोशाक १÷१ थान, पञ्जा १ बाकस अर्थात ५०÷५० थान र स्यानिटाईजर १ ÷ १ बोतल रहेको छ ।
यस्तै मारेककटहरे स्वास्थ्य चौकी, बुढिमोरङ स्वास्थ्य चौकी, चानुवा स्वास्थ्य चौकी र आँखिसल्ला स्वास्थ्य चौकीका लागि समान पीपीई किट ३÷३ थान, पञ्जा १ बाकस अर्थात ५०÷५० थान र स्यानिटाईजर १ ÷ १ बोतल रहेको छ । यस्तै पाख्रीवास स्वास्थ्य चौकीका लागि पीपीई किट २ थान, पञ्जा ५० थान र स्यानिटाईजर १ बोटल रहेका छन् ।

यस्तै हात्तिखर्क स्वास्थ्य चौकी तथा प्रसुति गृहका लागि पीपीई किट ४ थान, एम्बुलेन्स चालह किट १ थान, स्यानिटाईजर १ बोतल र पञ्जा ५० थान रहेको थापाले जानकारी दिए ।
यस्तै प्रतिष्ठानले धनकुटा उद्योग वाणिज्य संघमार्फत वितरण गर्ने गरी निम्न सामग्रीहरु उपलब्ध भएको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए । ती सामग्रीहरुमा स्वास्थ्यकर्मी किट (सेतो रंगको) २० थान, एम्बुलेन्स चालकका लागि किट (निलोरंगको) १० थान, निलो मास्क १ हजार ५ सय थान, पञ्जा ४ बाकस अर्थात २ सय थान, स्यानिटाईजर १५ बोतल, डेटोल ह्याण्डवास ४८ बोतल र अन्य मास्क २ हजार थान रहेको राईले जानकारी दिए ।

काठमाडौं विमानस्थलबाट सो सामग्री लिएर आएको हेलिकप्टर सल्लेरी ब्यारेकमा अवतरण गरी ती सामग्रीहरु जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै प्रतिष्ठानले फ्रन्टलाईनमा काम गर्नुपर्ने भन्दै नेपाली सेनाको सल्लेरी ब्यारेकका लागि २ बोरा (१२५ केजी) पीपीइ किट पठाईएको अध्यक्ष थापाले जानकारी दिए । सो सामग्री आफ्नो गृहजिल्लामा पठाउन पाउँदा खुसी लागेको विज्ञप्ती प्रकाशन गरी अध्यक्ष थापाले जनाएको छ । । यस पुनित कार्यको लागि सहयोग गरेको भनदै अध्यक्ष थापाले जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, धनकुटा उद्योग वाणिज्य संघलगायत संस्थाहरुलाई सूर्यबहादुर थापा प्रतिष्ठानको तर्फबाट आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका छन् ।

सो सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय प्रशासनले स्थानीय सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरेका थिए । के कस्तो कारणले प्रवेश गर्न नदिएको हो य वारेमा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्दा सम्पर्क भएन । प्रहरीले माथिको आदेश भन्दै प्रवेश गर्न नदिएपछि पत्रकार महासंघ धनकुटा शाखाले प्रस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सुस्त मनस्थिति विद्यार्थीहरुलाई वाणिज्य संघले सुरक्षित सामग्री वितरण

Next Post

धनकुटा नगरपालिकाद्वारा २ हजार २ सय ९३ जनालाई खाद्यान्न वितरण

Next Post
धनकुटा नगरपालिकाद्वारा २ हजार २ सय ९३ जनालाई खाद्यान्न वितरण

धनकुटा नगरपालिकाद्वारा २ हजार २ सय ९३ जनालाई खाद्यान्न वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..