धनकुटा ४ बैसाख । नोवेल कोरोना भाईरसबाट बच्न धनकुटा उद्योग वाणिज्य संघको अभियान अन्तर्गगत आज कोशी पहाडी जिल्लाको प्रमुख नाका तथा पर्यटकीयस्थल भेडेटारमा सचेतना अभियान संचालन गरियो । सो अवसरमा स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण पनि वितरण गरिएको छ ।
धनकुटामा कोरोना भाईरसको संक्रमण हुनबाट आमनागरिकहरुलाई सचेत गराउन संघ सक्रियतापूर्व फ्रन्टलाईनमा काम गरिरहेको छ । यसैक्रममा भेडेटारमा संघले स्थानीय व्यापारी, होटल व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुसँग भेटघाट गरी परार्मश गरेका छन् । सो अवसरमा साँगुरीगढी ६ का वडाध्यक्ष यमप्रकाश मगर, भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई, महासचिव आशिष राई, निवर्तमान अध्यक्ष लिलाराज लावती, भेडेटार प्रहरी चौकीका इञ्चार्ज सई यदु खड्का, व्यवासायी महेन्द्र श्रेष्ठलगायतसँग संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठलगायतले परामर्श गरेका थिए ।
यस्तै संघले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, होटल व्यवसायी, व्यापारीहरु तथा दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गर्ने सवारी चालकहरुलाई मास्क, सेनिटाजर, पञ्जा वितरण गरेका थिए । यस्तै प्रहरी र स्वास्थ्यकर्मीहरुलाई सेनिटाईजर, मास्क, पञ्जा र हेण्ड वास प्रदान गरेका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास, केन्द्रिय प्रतिनिधि विनोद घिमिरेलगायतको सहभागीता रहेका थिए ।
सो अवसरमा संघका अध्यक्ष राईले भेडेटार प्रमुख नाका भएकाले जथाभावी सवारी सञ्चालनमा कडाई गर्नु पर्नेमा जोड दिए ।
यो नाका भएर धनकुटा, ते¥हथुम, भोजपुर र संखुवासभा जिल्लाका लागी दर्जनौ ढुवानी गाडीहरु खाद्यान्न तथा उपभोग्य वस्तुहरु लिएर आउने गर्छन् । यस्तै पहाडी जिल्लाहरुबाट ताजा तरकारी तथा फलफुलहरु लिएर दर्जनो सवारी साधनहरु तराईका बजारहरुमा जाने भएकोले स्वास्थ्य सामग्रीहरु वितरण गरेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।