• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वाणिज्य संघद्वारा बजार अनुगमन

Dhankuta News by Dhankuta News
२०७७, १० बैशाख बुधबार २१:५९
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter
वाणिज्य संघद्वारा बजार अनुगमन

धनकुटा १० बैसाख । धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन गर्दै स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गरेको छ । आज संघले शहीदभूमी गाउँपालिकाको थलथले बजार र पिप्ले बजारमा अनुगमन गरेको छ । लकडाउनको समयमा आपूर्ति व्यवस्था सहज बनाई उपभोक्ताहरुलाई सहज तथा सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन अनुगमन गरिएको जनाएको छ । सोहि अवरमा संघले यी स्थानमा बजार अनुगमन गर्दै व्यापारी र उपभोक्ताहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गरेको हो ।

सो अनुगमनको क्रममा संघले व्यवसायीहरुलाई पसलमा देख्नेगरी मूल्यसूची अनिवार्य रुपमा राख्न सचेत गराएका थिए । यस्तै व्यवसायीहरुलाई ग्राहकहरुसँग सामाजिक दुरी कायम गर्न, म्याद समाप्त भएको र अखाद्य वस्तुहरु विक्रीवितरण नगर्न सचेत गराईएका थिए । सो अवसरमा संघका अध्यक्ष विजयसन्तोषी राई, महासचिव रामबहादुर गोङ्वा, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठले बजार अनुगमन गर्दै कोराना भाइरसबाट बच्नका लागी मास्क, सेनिटाईजर, पञ्जा वितरण गरेका थिए ।

सो अवसरमा कान्तिपुर मिडिया ग्रुपका उपसम्पादक बिनोद घिमिरे, सुरक्षाकर्र्मी, पत्रकारलगायतको सहभागीता रहेको थियो ।
यस्तै थलथले बजारको अनुगमन गर्दै सहिदभूमी गाउँपालिका ६ वडा कार्यालयलाई हात धुने हेण्डवास, मास्क, सेनिटाईजर, पञ्जा वडाध्यक्ष हेमकुमार राईलाई हस्तान्तरण गरिएको संघका महासचिव रामबहादुर गोङ्वाले जानकार दिए ।

यस्तै यो क्षेत्रमा दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति र स्थानीय उत्पादित तरकारी तथा फलफुल निर्यातको अवस्थाका वारेमा जानकारी लिएका थिए । कोरोना भाईरस फैलन नदिनका लागी संघका पदाधिकारीहरुले पालिकाका पदाधिकारीहरुसँग छलफलसमेत गरेका थिए । सो अवसरमा सहिदभूमीमा स्थापना गरिएको क्वारेन्टाईनको अवलोकन समेत गरी जानकारी लिएका थिए ।
संघले सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, इलाका प्रहरी कार्यालय छिन्ताङ्गका प्रहरी निरीक्षक नारायणप्रसाद गौतम, वडा ४ का वडाध्यक्ष भुपेन्द्र राई, वडा ६ का वडाध्यक्ष हेमकुमार राई लगायतसँग छलफल गरेका थिए । उनीहरुले पालिकाको उपभोग्य सामग्रीहरुको आयात तथा स्थानीय उत्पादित तरकारी निर्यातका विषयमा छलफल गरेका थिए ।

सो अवसरमा अध्यक्ष मनोज राईले अत्यावश्यक वस्तु सहज रुपमा उपलब्ध भैरहेको जानकारी दिए । संघका अध्यक्ष विजय सन्तोषी राईले जिल्लाका सबै स्थानीय तहहरुमा सहज रुपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन उद्योग वाणिज्य संघ क्रियाशील रहेको जानकारी दिए । उनले स्थानीय उत्पादन निर्यात गर्न पनि संघले सहजीकरण गरिरहेको जानकारी दिए ।

वाणिज्य संघको टोली र पालिकाका अध्यक्ष मनोज राई सहितको टोलीले थलथले बजारमा स्थापना गरिएका १६ बेडको क्वारेन्टाईन कक्षको अवलोकन गरेका थिए । सो अवसरमा अध्यक्ष राईले संघका पदाधिकारीहरुलाई क्वारेन्टाईन अवस्थाका वारेमा जानकारी दिएका थिए । सो अवसरमा संघले गाउँपालिका कार्यालय र इलाका प्रहरी चौकी छिन्ताङ्गका लागी हेण्ड वास, सेनिटाईजर, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

व्यापारी र कृषकहरुको समस्याको विषयमा वाणिज्य संघ र पालिकावीच छलफल

Next Post

बाणिज्य संघको अध्यक्षसहित दर्जन बढीले गरे घर भाडा मिनाहा

Next Post
बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

बाणिज्य संघको अध्यक्षसहित दर्जन बढीले गरे घर भाडा मिनाहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..