धनकुटा । नोवेल कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले आवतजावतमा रोक लगाउँदै लकडाउन लगाएपछि आमनागरिक रोजगारबिहीन भएका छन् । यस्तो अवस्थामा संकटमा परेका आमनागरिकरुलाई स्थानीय तहहरुले राहत वितरण गर्दै आएकोछ । यसैक्रममा धनकुटा नगरवासीहरुलाई राहत वितरणमा सहयोग होस् भनेर वितरक संघ धनकुटाले आज धनकुटा नगरपालिकालाई ५१ हजार रुपैया सहयोग गरेका छन् ।
सो रकम एक कार्यक्रमका वीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई आज एक समारोहका विच वितरक संघका अध्यक्ष तथा धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णराज श्रेष्ठले ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा उपप्रमुख सकुन्तला बस्नेत, वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, वितरक संघका सचिव तथा वाणिज्य संघका कार्यकारी सदस्य डिजेश शाक्य, कोषाध्यक्ष बिक्रम प्रधान, सदस्यहरु विपीन थापा, सुसन श्रेष्ठ, गोविन्द दाहाल, राजन कार्की, जनक पाण्डेलगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा नगर प्रमुख चिन्तन तामाङ नगरवासीलाई वितरण गरिरहेको राहत वितरणका वारेमा जानकारी दिए । उनले संघले दिएको सहयोग रकम गरिव, असहाय तथा विपन्न परिवारहरुलाई राहत वितरण गर्न उपभोग गरिने जानकारी दिए । उनले आगामी दिनमा नगरका विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै सहयोगका लागी धन्यवाद दिएका थिए ।