धनकुटा । नोवेल कोरोना (कोभिड – १९) को संक्रमणको कारण समस्यामा परेका गाउँवासीहरुका लागि सहयोग स्वरुप ५० किलो अर्गानिक चिया हस्तान्तरण गरिएको छ । सो चियाको हालको वजार मूल्य दुई हजार पाँच सय रहेको छ ।
सो अर्गानिक चिया केरावारी गाउँपालिका वडा नं. २, मोरङमा अवस्थित मातृभूमी टी स्टेट प्रा. लिका तर्फबाट निर्देशक नारायण राईले गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललाई हस्तान्तरण गरेका हुन् ।
सो सामग्री उपलब्ध गराएकोमा गाउँपालिकाले मातृभूमी टी स्टेटलाई एक विज्ञप्ती प्रकाशन गरी धन्यवाद दिएको छ ।