• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

Dhankuta News by Dhankuta News
२०७७, २ जेष्ठ शुक्रबार २२:५०
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter
विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

धनकुटा, जेष्ठ २ । केहि हप्ताअघि र हिजो काठमाडौंबाट विना स्वास्थ्य परिक्षण जिल्लावासीहरुलाई धनकुटा ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । पार्टीले समस्यामा परेका सबैलाई आफ्नो घरसम्म जाने व्यवस्था सरकारले गर्नुपर्ने जिम्मेवारी पनि हो । यसरी स्थानीय सरकारले ल्याएकोमा स्वागत गर्दछौ. भन्दै तर, सरकारीस्तरबाट नभई एक दलबाट त्यसमाथि विना स्वास्थ्य परिक्षण ल्याएको भन्दै एक प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ , आज नोवेल कोरोना भाईरस (कोभिड १९) को महामारीले विश्व नै आक्रान्त भएको छ । नेपाल जस्तो विकाशोन्मुख राष्ट्रमा यसको महामारी फैलनु भनेको हामीले कल्पना गरेको भन्दा कयौं गुणा भयाभह अवस्था श्रृजना हुनेछ । हामीसँग पर्याप्त क्वारेन्टाईन तथा आईसोलेसनमा राख्ने अस्पतालको कमि छ ।

र्यापिड टेष्ट किट कामै नलाग्ने प्रमाणित भएको छ, स्वास्थ्य जनशक्तिको कमी छ । यस्तो अवस्थामा महामारीले विकराल रुप लिएमा हेरेर बस्नु सिवाय अरु विकल्प छैन । यसको कुनै औषधि भ्याक्सिन पत्ता नलागेको अवस्थामा यसलाई फैलनबाट रोक्नु नै अन्तिम र एकमात्र विकल्प हो ।

हामी सरकारले गरेको लकडाउनको पूर्ण समर्थन गर्छौं । तर, लकडाउनको अर्थ नागरिकलाई थुनेर राख्नु मात्र हैन । यस अवधिमा उचित विकल्प र तयारी समेत गर्नु हो । तर, आज ५४ दिन पुग्दाको तयारी केही देखिदैन । सरकार सत्ताको खेलमा लिप्त छ । घरी पार्टी फुटाउने, स्वेच्छाचारी शासन सत्ता चलाउने अध्यादेश ल्याउछ त घरी खारेज गर्छ । मन्त्रीहरु भष्टाचारमा लिप्त छन् । यस्तो अवस्थामा संक्रमण फैलिए के गर्ने ? भन्ने तयारी सरकारले गर्न जरुरी छ । यस्तो महामारीको अवस्थामा खाद्य बस्तुको अभाव हुन्छ । सरकारले अहिलेसम्म खाद्य बस्तुको भण्डारणको नीति ल्याएको छैन ।

मानिसहरु रोगले भन्दा खान नपाएर मर्नु पर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवाको सरल पहुँच नागरिकमा गर्न जरुरी छ । जसको तयारी सरकारले अझसम्म गरेको देखिदैन । महामारीले विकराल रुप लिएमा ठूलो संख्यामा क्वारेन्टाईन तथा आईसोलेसनको केन्द्रहरुको आवश्यक हुन्छ । त्यसको पर्याप्त तयारी तीनै तहको सरकारको देखिदैन । हामीसँग स्वास्थ्य क्षेत्रको जनशक्ति न्यून छ । भएको पनि रोजगारमा छैनन् र कति अध्ययनको निमित्त विदेशिएका छन् । यस्ता जनशक्तिको डाटा संकलन गरेर सरकारले देश तथा विदेशिएका जनशक्तिलाई देशमा बोलाई करार गरी तयारी अवस्थामा बस्न जरुरी रहेको छ ।

मिति २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्दै कडाई गर्दै लगिएको भनि सरकारले प्रचार गरी रहेको छ । एक जिल्लाबाट अर्को जिल्ला जान नदिने, प्रवेश गर्दा अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने, स्वाब परिक्षण गर्नु पर्ने जस्ता मापदण्ड बनाईएको गृह मन्त्रालयको सूचना जारी छ । तर यस विपरित धनकुटा जिल्लामा पटक पटक यसको उल्लंघन भई रहेको छ । आधिकारिक निकायको निर्णय बिना, सुरक्षा निकायहरुलाई समेत थाहै नदिई पटक पटक एउटा पार्टीद्वारा सामाजिक संजालमा सूचना प्रकाशित गर्दै सयौंको संख्यामा कुनै टेष्ट नगरी, क्यारेन्टाईनमा समेत नराखी धनकुटामा काठमाडौंलगायत अन्य जिल्लाहरुबाट मानिसहरु भित्र्याईएका छन् ।

नकुटा जिल्लामा सम्पूर्ण स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारले गरेको तयारीका बाबजुद पनि १५० जना भन्दा बढी क्षमताको क्वारेन्टाईन हाउस छैन । आईसोलेसन वार्ड त नभए सरह छ । धनकुटेली जनतालाई अन्यत्र ठाउँबाट धनकुटा आउँदा हाम्रो कुनै विरोध छैन । स्वागत नै छ । तर, यस्तो अवस्थामा कुनै किसिमको सावधानी अपनाईएको छैन, तयारी छैन । यसरी जनताको स्वास्थ्यमा गरिएको हेलचेक्राईको विरोध हो । यस प्रकारले मानिसहरु भित्र्याईदा निरोगी व्यक्ति समेत संक्रमणको चपेटामा पर्ने हुन्छ र एउटा रोगबाट ग्रसित अन्जान व्यक्तिसमेत दोषी बन्न पुग्छ । यस्तो क्रियाकलापबाट आम धनकुटेली जनताको ध्यान आकर्षण भएको छ । हामीले अहिले विश्वको कोरोना प्रभावलाई बिश्लेषण गर्न जरुरी छ ।

ईटालीमा एउटा चाईनिज संक्रमित व्यक्तिबाट ३० हजारसम्म संक्रमित भएको उदाहरण ज्वलन्त छ । नेपालमा १ जनाबाट संक्रमितको संख्या २ पुग्न ४० औं दिन लागेको थियो । तर १०० को संख्यामा पुग्न ४ दिन र २०० को संख्या दुई दिनमा पुगेको उदाहरण हामी सामु छ । बिना तयारी कुनै जाँच नगरी गरिएका यस्ता क्रियाकलापले तमाम धनकुटेली जनताको जीवनमाथि खेलबाड गरिएको हाम्रो निष्कर्ष छ । यस्ता क्रियाकलापले पर्ने संकट र आम धनकुटेली जनताको जीवनमा पर्ने असरको जिम्मा सम्बन्धित पक्षले लिनुपदर्छ । ल्याईएका धनकुटेलीलाई उचित क्वारेन्टाईनको प्रबन्ध गरी पिसिआर पद्धतिद्वारा स्वास्थ्य परिक्षणको जोरदार माग गर्दछौं । अन्यथा यस्ता क्रियाकलापका विरुद्ध नेपाली कांग्रेस चुप लागेर बस्दैन जनताको साथमा सडकमा उत्रने छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

डाँडाबजारका जनप्रतिनिधिसँग वाणिज्य संघवीच छलफल

Next Post

धनकुटामा पनि देखियो कोरोना संक्रमित

Next Post
धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटामा पनि देखियो कोरोना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..