धनकुटा, जेठ ४ । प्रदेश १ मा आज आइतबार थप तीन जनामा नोवेल कोरोना (कोभिड १९ ) भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । जसअनुसार विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना भाईरस देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट सो संक्रमण भएको पुष्टी गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा प्रसितवज्ञप्तीका अनुसार योसमेत गरी प्रदेश १ मा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
विज्ञप्तीकाअनुसार संक्रमित हुनेहरुमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेका छन् । धनकुटामा पहिलो पटक जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको जनाएको छ । फ्रन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, एम्बुलेन्सका चालकहरुमा संक्रमण बढिरहेको छ । यिनीहरु अहिले उच्च जोखिममा रहेको छ ।
अहिलेसम्म नेपालभर संक्रमितको संख्या २ सय ९५ पुगेको छ । यस्तै आज बाँके जिल्लाका एक युवाको कोरोना भाईरसबाट मृत्यू भएसँगै मृत्यू हुनेहरुको संख्या दुई पुगेको छ । यस अघि धुलिखेल अस्पतालमा उपचार गर्न आएकी सुत्केरी महिलाको मृत्यु भएका थिए ।
धनकुटामा पनि कोरोना भाईरसको संक्रमण देखिएसँगै जिल्लामा उच्च सतर्कता अपनाईएको स्थानीय प्रशासनले जनाएको छ ।