• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वर्तमान अवस्थालाई लिएर कांग्रेसद्वारा विज्ञप्ती जारी

Dhankuta News by Dhankuta News
२०७७, ५ जेष्ठ सोमबार २२:२०
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

धनकुछा ५ जेठ । नेपाली कांग्रेस धनकुटा शाखाले वर्तमान अवस्थालाई लिएर प्रेस विज्ञप्ती जारी गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल र सचिव विजयसन्तोषीद्वारा हस्ताक्षरित विज्ञप्ती यसप्रकार रहेको छ ।

विश्वमा नै महामारीको रुपमा फैलदै गएको कोरोना भाईरसलाई नियन्त्रण गर्न भैरहेको प्रयासका बाबजुद पनि सरकारको अकर्मण्यताका कारण हाम्रो देशमा तीव्र रुपमा फैलिदै जाने र निधन समेत हुन थालेको छ । हामीले विपत व्यवस्थापन समितिका बैठकमा र विज्ञप्तीमार्फत पटक पटक सचेत गराउँदा गराउँदै पनि सम्वन्धित पक्षको उचित ध्यानार्कषण नहुदाँ धनकुटा जिल्लामा समेत संक्रमण देखिएकोको अवस्थामा सरकारको सार्थक उपस्थिति नदेखिएकोले हाम्रो गंभीर ध्यानार्कषण भएको छ ।

सरकारले कोरोना भाईरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अभियान संचालन नगरी सरकार टिकाउने र परिवर्तन गर्ने खेलमा लिप्त भए । यसका कारण अहिले भाईरस दिनप्रतिदिन फैलदै दुई जनाको दुःखद निधन समेत भैसकेको छ । जीवनको प्रवाह नगरी विरामीहरुलाई स्वास्थ्य सेवा निरन्तर रुपमा प्रवाह गरिरहनु भएकी धनकुटा अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमित देखिएपछि आमधनकुटाबासी आतंकित भयभित र त्रसित भएका छन् ।

सरकारको एक्लो प्रयासले मात्र महामारीको रुपमा फैलदै गएको कोरोना भाईरसलाई नियन्त्रण गर्न सक्दैन । अब तीनै तहको सरकारले वडास्तरसम्म सर्वदलीय तथा सर्वपक्षीय समिति निर्माण गरी टोलटोलबाट प्रभावकारी अभियान संचालन गर्नु पर्छ । अहिले आरडीटी भन्दा पिसिआर परिक्षणबाट सम्पूर्ण जिल्लावासीहरुको अनिवार्य परिक्षण गर्ने अभिलम्व व्यवस्था गर्नका लागी तीनै तहको सरकारको गम्भीर रुपमा ध्यानार्कषण गराउदै निम्न कार्यहरु गर्न सवै तहका सरकारहरुसंग जोडदार माग गर्दछौ ।
१) कोरोना भाईरसबाट बच्न धनकुटा जिल्ला नै शिल गरी जनस्तर सम्म जनचेतनामूलक अभियान संचालन गर्दै आरडिटी भन्दा पीसीआर परिक्षण सम्पूर्ण जिल्लावासीहरुको अभिलम्व गर्ने व्यवस्था मिलाउन माग गर्दछौ ।

२) चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई पीपीईलगायत सुरक्षित तथा स्वास्थ्य सामग्रीहरु पर्याप्त रुपमा उपलब्ध गराउन माग गर्दछौं । साथै जिल्ला सदरमुकाममा पर्याप्त आईसोलेसन वार्डहरु स्थापना गर्न र ६० वटै वडाहरुमा समेत व्यवस्थित कोरोन्टाईन स्थापना गरी वाहिरबाट घर फर्केका नागरिकहरुलाई राख्न सवै तहसँंग बिशेष अपिल गर्दछौ ।

३) विदेश तथा विभिन्न स्थानहरुबाट फर्कन चाहनेहरुलाई घर फर्कने उनीहरुको नैसर्गिक अधिकार भएकोले उहाँहरुको स्वास्थ्य परिक्षण गराई वडाको कोरेन्टाईनमा १५ दिन राख्दै अन्तिम पीसीआर परिक्षण गरेर घर फर्काउन सरोकारवाला निकायहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

४) कोरोना भाईरस फैलन नदिन देशमा लामो समय लकडाउन जान सक्ने संभावना बढेकोले खाद्यान्न र आर्थिक संकट हुने भएकाले तत्कालै कृषकहरुलाई गुणस्तरीय मल विउ वितरण गरी कृषि उत्पादनमा लगाउन माग गर्दछौं । साथै विदेशबाट फर्कनु भएका नागरिकहरुलाई स्थानीय स्तरमानै रोजगारको व्यवस्था गरी सरकार चिन्तित भएको अनुभूती गराउन हामी जोडदार माग गर्दछौ ।
साथै स्थानीय स्तरमा कृषकहरुले उत्पादन गरेका ताजा हरियो तरकारीहरु,दुध तथा दुधजन्य पदार्थहरु र साना घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीहरुको विक्री वितरण गर्न बजारको उचित व्यवस्था गर्नका लागी हार्दिक अनुरोध गर्दछौ ।
५) छिमेकी जिल्लामा भैरहेको आगजनी साथै मौसम परिर्वतनसंगै अव हुनसक्ने बर्षाका कारण हुने बाढी पहिरो लगायत दैविप्रकोप र विभिन्न रोगहरुबाट बचाउन अहिलेदेखिनै पूर्वयोजना बनाई लाग्न तीनै तहको सरकारको ध्यानार्कषण गराउँदै अपिल गर्दछौ ।

६) लकडाउनका कारण विचल्लीमा परेका मजदुरहरु, किसान, बेरोजगार र घर फर्कन नपाई विचल्लीमा परेका नागरिकहरुले अहिले सम्म उचित ढंगले राहत पाउन नसकेकोले तत्कालै निष्पक्ष ढंगले पाउनु पर्ने सवै नागरिकहरुलाई तुरुन्त राहत उपलब्ध गराउन जोडदार माग गर्दछौ ।

७) लकडाउनको कारण ठप्प भएका उद्योग, व्यापारव्यवसायलाई सुरक्षित ढंगले संचालन गर्ने वातावरण बनाउन र लकडाउनको अवधिभरका बैकलगायत वित्तीय संस्थाहरुको ब्याज र घरभाडा मिनाहा गर्ने वातारण बनाउन बिशेष अपिल गर्दछौ ।
८) लकडाउनका कारण मारमा परेका व्यवसायीहरुलाई आगामी बर्षको बजेटमा विशेष अनुदानको प्याकेज ल्याउन र तीनै तहका सरकारसँग कर छुट गर्न समेत जोडदार माग गर्दछौ ।

९) अहिले लकडाउनको कारण प्रभावित भएका पर्यटन क्षेत्र संकटमा परेकाले विशेष योजनाका साथ पर्यटन प्रवद्र्धन गर्ने योजना ल्याई होटल तथा पर्यटन व्यवसायीहरुलाई राहतको प्याकेज ल्याई पर्यटन क्षेत्रलाई माथि उठाउन अपिल गर्दछौ ।

सरकारले लगाएको लकडाउनको पूर्ण रुपमा पालना गर्दै कोरोना भाईरस विरुद्धको अभियानमा सशक्त र प्रभावकारी रुपमा लाग्न र मौसम परिर्वतनसंगैे हुने बाढी, पहिरोको प्रकोप तथा विभिन्न रोगबाट बच्न र बचाउनका लागी सक्रियतापूर्वक उच्च मनोवलका साथ लाग्न सवै वडा, प्रदेश निर्वाचन क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, भात्तु तथा शुभेच्छुक संस्थाहरुका साथ कांग्रेसजनलगायत सवै धनकुटेली नागरिकहरुलाई आव्हन गर्दछौ ।

अन्त्यमा कोराना भाईरस विरुद्धको युद्धमा अत्यन्तै जोखिमका साथ अग्रपक्तिमा लडिरहनु भएका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालकहरु, दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु तथा सामग्रीहरु ढुवानी गर्ने चालकहरु, राष्ट्रसेवक कर्मचारीहरु, स्वयम्सेवकहरु, सफाईकर्मीहरुलाई उच्च सम्मान गर्दै उहाँहरुको स्वास्थ्यमा समेत विशेष ध्यानदिन हुन हामी सरकार समक्ष जोडदार माग गर्दछौ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना भेटिएसँगै

Next Post

धनकुटामा थप ५ जना कोरोना संक्रमित

Next Post
धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटामा थप ५ जना कोरोना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..