धनकुटा जेठ ७ । धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षित स्वास्थ्य सामग्री सांसद राजेन्द्र राईको पहलमा उपलब्ध हुने भएको छ । सुरक्षा सामग्रीको अभावमा जोखिम मोलेरै स्वास्थ्कर्मीहरुले विरामीहरुको उपचार गरिरहेका थिए । यस्ता सामग्रीको अभावमा अस्पतालका स्वास्थ्कर्मीहरुलाई कोरोना भाईरसको संक्रमण भएको आशंका गरिएको छ ।
अहिले अस्पतालका लागि काठमाडौ.बाट पठाईएको सामग्रीहरुमा भिटिएस ५०० सेट, गाउन ५० थान, फेस सिल्ड १० थान, एन ९५ मास्क १०० थान, र्सिजकल क्याप ५० थान, सर्जिकल मास्क २ हजार वटा, पञ्जा २ सय वटा, सेफ्टिी चश्मा ४० वटा, जुत्ता कभर ५० थान र डिजिटर थर्मामिटर १० थान रहेको जनाएको छ । यी सामग्रीहरु भोली धनकुटा आईपुग्ने नेकपा धनकुटा जिल्लाका प्रचार विभाग प्रमुख अर्जुन राईले जानकारी दिए । यी सामग्रीको मूल्य छ लाख बराबरको रहेको जनाएको छ ।
यो सामग्रीहरु अस्पतालमा आएपछि राहत हुने छ । यस अघि नाम बताउन नचाहने एक स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीले एन ९५ मास्कसमेत लगाउन नपाएको गुनासो गरेका छन् । उनले सर्जिकल मास्क नै धेरै दिनसम्म लगाउनु पर्ने वाध्यता रहेको बताए । यस्तै पर्याप्त पीपीई तथा सेनिटाईजर उपलब्ध नभएको पनि उनले गुनासो गरे ।