धनकुटा जेठ ८ । कोरोना भाईरस संक्रमितलाई आफै पनि सहभागी भएर अस्पतालसम्म नेपाल रेडक्रस सोसाईटी धनकुटाका सभापति हरिकुमार राई गएका छन् । कोरोना संक्रमित भएकाहरुलाई उपचारका लागि विराटनगरका बनाईएको विशेष कोरोना अस्पतालमा लान एम्बुलेन्सका चालकहरुसमेत हिच्किचाईरहेको अवस्थामा चालकलाइृ विश्वास दिलाउन उनी आफै पनि एम्बुलेन्समा सवार भई विराटनगरसम्म गएका थिए ।
धनकुटामा नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमित हुनेहरुको संख्या अहिलेसम्म ७ पुगेका छन् । अस्पतालकै स्वास्थ्कर्मीहरुलाई सो भाईरसबाट संक्रमित भेटिएको थियो । उनीहरुलाई विशेष उपचारका लागि हिजो कोशी अस्पतालस्थित कोरोना अस्पतालमा लगेका थिए । सभापति राईले रेडक्रस कै एम्बुलेन्समा स्वयम् आफैले नेतृत्व गरी १ महिलासहित ५ जना कोरोना संक्रमितहरुलाई अस्पतालमा छाडेका थिए । उनले संक्रमितहरुलाई ढाढस दिदै छिटै लिन पनि आउने प्रतिवद्धता जनाएा थिए ।
सभापति राईको साहसप्रति आमधनकुटावासीले प्रंशसा गरेका छन् । धनकुटा लेडि जेसीको निवर्तमान सभापति प्रमिशा श्रेष्ठ थापाले यस्तै सेव ागर्ने भावना मिलिरहोस् भनेर उनको प्रशंसा गरेका छन् ।