धनकुटा १५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा आज साँझ धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजार, हिलेलगायतका विभिन्न बजार क्षेत्रहरुमा दिपावली गरेर मनाएको छ । सो अवसरमा लोकतान्त्रिक गणतन्त्रको कार्यान्यवन गरी मुलुकलाई आर्थिक समृद्धी मार्फत सम्पन्न बनाउन शुभकामाना आदानप्रदान गरियो । संघले हुलाकटोलस्थित चुवाको वोट ग्रीनपार्क र हिलेको बुद्ध चौकमा दिपावली गरेर गणतन्त्र दिवस मनाएको हो ।
दिप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्दै संघका अध्यक्ष विजयसन्तोषी राईले कोरोना भाईरसबाट संकटमा पर्दै गएको आर्थिक क्षेत्रलाई माथि उकास्न सवै लाग्नु पर्नेमा जोड दिए । उनले आज प्रस्तुत हुने वजेटमार्फत संकटमा परेका उद्योग, व्यवसायहरुलाई राहत दिने प्याकेज सहित विशेष कार्यक्रम ल्याउन माग गरेका छन् ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी १ प्रदेशका सभापति नरेन्द्र पोखरेल, ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्का, बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, अम्विका धमला, शोभा श्रेष्ठ, पूर्व कोषाध्यक्ष शैलेसमान श्रेष्ठ, नेपाल सुनचादी कला व्यावसायी संघका अध्यक्ष शंकर ल्वागुन, फ्mेन्सी व्यवसायी संघका अध्यक्ष घनेन्द्र न्यौपाने, धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोल, होटल एशोसिएसनका सचिव जयमणी घिमिरे, व्यवसायीद्वय लक्ष्मीप्रसाद श्रेष्ठ, सनोज श्रेष्ठ, पत्रकारहरु पूर्ण चौधरी, इश्वर थापालगायतले दिप प्रज्वलित गर्दै गणतन्त्र दिवसको शुभ कामना आदन प्रदान गरेका थिए ।
यसैगरी हिलेमा आयोजनामा गरिएको दिपावली कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, कार्यकारी सदस्यहरु राम घिसिङ्ग, नगेन्द्र काफ्लेलगायत व्यवसायीहरुले दिप प्रज्वलित गर्दै गणतन्त्र दिवसको शुभ कामना आदन प्रदान गरेका थिए ।