• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथी ः महामारीमा एक विकल्प ः

Dhankuta News by Dhankuta News
२०७७, १८ जेष्ठ आईतवार १३:५४
0
0
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter
प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथी ः महामारीमा एक विकल्प ः

डा. खगेन्द्र कटुवाल
अहिले विश्व कोरोना कोभिड–१९ को महामारीको चपटामा गुज्रिईरहेको छ । विश्व शक्ति राष्ट्रहरुसमेत यस समस्याको समाधान असफल भैरहेका छन् । यसको उपचारको खोजि भईरहेका छन् । तर, सफल भएको छैनन् ।

धेरैले स्वीकार गर्न नसकेको प्राकृतिक उपचार अब स्वीकार गर्नैपर्ने स्थितिको श्रृजना भएको छ । किनकी हामीलाई थाहा छ, कि प्रकृतिको नियमलाई वेवास्ता गर्दै जीवनलाई सफल बनाउन सकिन्छ भन्ने मानसिकताको कारण प्राकृतिक संरचनाहरु ध्वस्त भएका छन् । प्रकृतिमाथि विज्ञान र प्रविधिको अन्धाधुन्ध प्रयोग मात्र भएभने स्वयं मानवजातिको अस्तित्व नै खतरामा पर्न सक्ने दृष्टान्तहरु कैयौ छन् । तसर्थ, प्राकृतिक नियममा आधारित भई प्रकृतिको नियमलाई पालना गरी जीवनयापन गर्न थाल्नुपर्दछ । र यदि समस्याहरु प्राकृतिक कारणले आएकाछन् भने समाधान पनि यहि आधारित गर्न सकेमा सफलता प्राप्त गर्न सकिन्छ ।
महामारीमा रोग नलागेका व्यक्तिले पनि प्राकृतिक वातावरणमा रहने, आफ्नो शरीरको प्रकृति सुहाउँदो खानपिन, रहनसहन, जीवनशैली अपनाउनु पर्छ । यस्तै रोगी व्यक्तिले समेत प्राकृतिक औषधि उपचार गराउन सकेमा रोग प्रतिरोध क्षमता विकास गरी त्यस्ता हानीकारक तत्वहरुलाई परास्त गर्न सम्भब छ । यो महामारीबाट बच्न र बचाउन सरोकारवाला सबै पक्षहरु जिम्मेवार भएर लाग्न जरुरी छ ।

कोरोना भाईरस (कोभिड १९) सर्वप्रथम सन् २०१९ को ३० डिसेम्वरमा चीनको वुहान प्रान्तमा देखा परेको थियो । त्यसपछि क्रमशः विश्वभर फैलिईरहेको छ । स्मरण रहोस् यो रोग शुरुमा ईपिडेमिकमा मात्र सीमित रहन्छ भन्नेमा मानिसहरु आशावादी थिए । तर, यो त्यत्तिमा मात्र सीमित रहेन । यो रोगले पानडेमिक रुपमा नै विश्वलाई सताईरहेको छ ।

जनावरहरुबाट मानिसमा सर्ने भनिएका विभिन्न भाईरसहरु जस्तै सिद्धान्ततः यो भाईरस चमेराबाट सर्पमा र सर्पबाट मानिसमा सरेको हुनुपर्दछ भनेर भनिएको छ । त्यसैले, अण्डाहरु माछामासुहरु खादा विशेष ध्यान दिन जरुरी छ । हतारमा राम्ररी नपाकिकन मासु खाने कारणले पनि संक्रमण हुने हुनाले धेरै बेर राम्ररी पकाएर मात्र खान जरुरी छ ।

यस महामारीको रोकथाम र नियन्त्रणमा होमियोप्याथिक उपचार पद्धतिलाई पनि अपनाउनु खुशीको कुरा हो । होमियोप्याथी चिकित्सा पद्धतिको नविनतम् उपचार पद्धति हो । उत्पत्ती कालको हिसावले हेर्दा, विभिन्न प्राचिन उपचार पद्धतिहरु, प्राकृतिक चिकित्सा पद्धति अनि आधुनिक चिकित्सा (सामान्य चिकित्सा) लाई समेत संष्लेषण गरी एलोप्याथिक चिकित्सक डा. स्यामुयल हेनिमनले विकास गर्नु भएको सवैभन्दा नयाँ भर्खरै विकास भएको चिकित्सा विज्ञान भनेको होमियोप्याथिक चिकित्सा विज्ञान हो । यो चिकित्सा सन् १७९६ मा युरोपबाट विकसित भएपनि हाम्रो पूर्वीय दर्शन वेदमासमेत उल्लेख भएको “समः समं समयतीः” भन्ने प्राकृतिक सिद्धान्तमा आधारित भई अहिलेको विज्ञान र प्रविधिको समेत अधिकतम प्रयोग भएको चिकित्सा होमियोप्याथी हो । आयुर्वेदिक चिकित्सा वा परम्परागत चिकित्सा भनेर समुदायमा भ्रम रहेको पार्ईएको छ । तर, होमियो चिकित्साको अर्थ समान नै समानको समाधान हो, विष काट्न विष नै चाहिन्छ, तर विषको मात्रालाई अत्यन्तै कम मात्रामा प्रयोग गरिन्छ । यसको अर्थ ः जहा जस्तो समस्या छ, त्यहा त्यहि प्रकृतिको सम्वन्ध राख्ने समान खालका वस्तुबाट समाधान खोजिनु पर्दछ । र त्यस्ता समस्याहरु समाधान भएरै छाडदछन् ।
रोगहरु गतिशील प्रकृतिको हुने भएकोले होमियोप्याथिक औषधिहरुलाई पनि अत्याधुनिक प्रविधिबाट गतिशील बनाईएको हुन्छ ।
औषधिहरुलाई प्रमाणीकरण गर्दा लोअर क्लास म्यामेलिया बादर, खरायो, मुसा जस्ता जनावरहरुलाई परिक्षण गरिन्छ । जसले वस्तुगत लक्षण मात्र मापन गर्न सक्छ । विषयगत लक्षणहरु जनावरहरुवाट प्राप्त नहुने भएकोले होमियोप्याथिक बाहेकका चिकित्साहरु असफल भएका हुन् । होमियोप्याथिक चिकित्सामा न्युन डोज (नेने पार्टीकल्स) हुने भएकोले स्वस्थ मानिसलाई नै औषधि परिक्षण गरी प्रमाणिकरण गरिन्छ । औषधिको परिक्षण मानिसमा नै गरिएको कारणले प्राकृतिक रोगीहरुको उपचार सम्भव भएको हो ।

यो पद्धति पूर्णतः प्राकृतिक सिद्धान्तमा आधारित भएकोले व्यक्तिमा रोग प्रतिरोध क्षमता विकास गरेर शरीरलाई रोगसँग लड्न सक्ने ईम्युन वा भ्याक्सिन भन्दा अझ प्रभावकारी ईम्युनिटिको रुपमा काम गर्न सक्दछ । र, शरीरका विकारहरुलाई हटाई रोगमुक्त गराउने नियमित प्रकृयालाई सुचारु गराईन्छ । यिनै प्राकृतिक कारणले गर्दा होमियोप्याथिक चिकित्साबाट प्राकृतिक रोगहरु निको पार्न र महामारीमा पनि रोग प्रतिरोध क्षमता विकास गरी संक्रमणबाट विरामीहरुलाई बचाउन सम्भव भएको हो ।

विगतका महामारीमा होमियोप्याथिको सफलताका केहि दृष्टान्तहरु ः
युरोपमा सन् १७९९ मा फैलिएको स्कारलेट फिवरको महामारीमा होमियोप्याथिक औषधि बेलाडोना प्रयोग गरी डा. स्यामुल हानेमानले युरोपभरी होमियोप्याथिलाई चिनाएका थिए ।

दिल्लीमा फैलिएको डेङगु फीवरमा सन् १९९६ मा ३९ हजार २ सय जनालाई होमियोप्याथिक प्रोफाईलाक्टिक प्रयोग गरेकोमा २३ हजार ५ सय २० जनाले १० दिन पछि पुनः जाच गराउँदा जम्मा ५ जना अर्थात ०.१२५% मात्र सामान्य लक्षणहरु देखिएको थियो । जबकि विश्व स्वास्थ्य संगठनले डेङगु फिवरको संक्रमण दर अक्सर ४०% देखि ५०% सम्म पुग्छ । र कहिलेकाँही ८०% देखि ९०% सम्म डेङगु फैलन सक्छ भनेर भनिएको छ ।

ब्राजिलमा सन् २००१ म फैलिएको डेङगुको लागि ४०% जति संभावित मानिसलाई होमियोप्याथिक प्रोफाईलाक्टिक दिईएकोमा होमियोप्याथिक प्रोफाइल्याक्टिक नलिएकाको तुलनामा ८१.५ % ले डेङगुको संक्रमण घटेको पाईएको थियो ।

थाईलेण्ड सरकारले सन् २०१४ मा डेङगुको सफलतापुर्वक होमियोप्याथिक प्रोफाईल्याक्टिकबाट डेङगुको नियन्त्रण गरेको थियो ।
भारतमा सन् १९६८ देखि १९७० सम्म इन्फ्लुएन्जाको विरामीको लागि गरिएको सर्वेक्षणमा होमियोप्याथिक प्रोफाईलेक्सिस चलाएकोमा ६.५ % र सामान्य चिकित्सावाट औषधी चलाएको विरामीहरु मध्ये २०% लाई सांक्रमण भेटिएको थियो ।

सन् २००७ मा ह्युमन हर्पेस भाइरस १, ह्युमन इडेनो भाइरस सी सीरोटाईप ५, इन्फ्रलुएन्जा ए भाइरस, ह्युमन रेस्पिरेटरी सिन्किसियल भाइरस बी, ह्युमन कोक्साकी भाइरस सेरोटाईप ए ९, ले चिसो लाग्ने, फ्लु, घाटी दुख्ने, नाक बग्ने, चिसो गाडिने, ब्रोङकाईटिस, निमोनिया, लगायतमा होमियो प्रोफाइल्याक्सिस प्रयोग गरेकोमा २० देखि ४०% मा संक्रमण घटेको थियो ।
अमेरिकाको सिकागो सहरमा सन् १८०० मा डा. ग्रिमरले ५००० जना उत्तर बाल्यावस्थाका वालवालिकालाई पोलियोको होमियो प्रोफाईल्याक्टिक प्रयोग गर्दा कसैलाई पनि पोलियो देखिएको थिएन ।

क्युवामा सन् १९१८ मा देखिएको स्थानिय फ्लुको लागि ९०७४४३९ जना अर्थात करिब ९०% जनतालाई होमियोप्याथिक प्रोफाईल्याक्टिक औषधी प्रयोग गरिएकोमा सतप्रतिसत सफलता मिलेको थियो ।

जर्मनीमा सन् १८०० बाट सन् १८०८ सम्म फैलिएको स्कारलेट फिवरको महामारीमा डा. टेईलरले अर्को होमियोप्याथिक औषधी एकोनाईट प्रयोग गरी अर्को पटक होमियोप्याथीको प्रभावकारीतालाई पुष्टी गरेका थिए ।

जर्मनीको लेप्जिग प्रान्तमा सन् १८१२–१८१३ सम्म फैलिएको टाईफाईडको महामारीमा पनि ब्रायोनिया, हायोस्यामस, रस टक्स जस्ता २६ प्रकारका होमियोप्याथिक औषधीहरु सफलतापुर्वक प्रयोग गरिएको थियो, जसमा विरामीहरुको मृत्युदर अत्यन्तै न्युन थियो
सन् १९१८ देखि सन् १९१९ सम्म फैलिएको स्पेनिस फ्लु को महामारिमा संसारभरी झण्डै २० मिलियन भन्दा बढि मानिसको मृत्यु भएको थियो भने अमेरिकामा मात्रै ५ मिलियन भन्दा बढी मानिसको मृत्युु भएको थियो । त्यसवेला होमियोप्याथिक पद्धतिवाट उपचार गर्ने विरामीको मृत्युदर (१–२)% रहेको थियो भने अन्य उपचारमा (३०–६०)% मृत्युदर रहेको थियो ।

स्कटलेण्डमा सन् १८४८ मा हैजाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा २४ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ६८ % मृत्युदर भएको थियो ।

अमेरिकामा सन् १८७८ मा येल्लो फिवरको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा ५.६ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा १७ % मृत्युदर भएको थियो ।

पिटर्सबर्गमा सन् १९१८ मा स्पानिस ईन्फ्लुएन्जाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा १.०५ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ३० % मृत्युदर भएको थियो ।

सन् १८३१ मा असाईटिक कलेरा भारतबाट फैलिएर युरोपका विभिन्न देशहरुसम्म फैलिएको थियो । असाईटिक महामारिमा पनि कोप्रम मेट, भेराटम एल्बम्, क्याम्फर जस्ता होमियोप्याथिक औषधीहरु जेनस इपिडेमिकस को रुपमा प्रयोग भएको इतिहास छ । त्यस समयको रेकर्ड अनुसार होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या २०% भन्दा कम थियो । जुन अन्य उपचार पद्धतीको तुलनामा अत्यन्तै न्यून हो ।

रसियामा सन् १८३०–१८३१ मा हैजाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा ११% मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ६३ % मृत्युदर भएको थियो ।

सन् २००३ मा भारतमा देखिएको स्वाईन फ्लुको प्रभावकारी व्यवस्थापन गरिएको छ । पछि यहि विषयमा २००९ मा विश्लेषणात्माक सोधपत्र प्रकाशित भएकोमा यसको लागि होमियोप्याथी अनुकुल रहेको र अध्ययनलाई निरन्तरता दिनपर्ने बताइएको थियो ।

सन् २००७ मा भारतको केरला राज्यमा चिकुनगुनिया लाई नियन्त्रण गरिएको थियो । भने सन् १९९५ मा क्युावामा केराटो कन्जक्टिभाईटिसलाई नियन्त्रण गरेको थियो भने सन् २००७ र २००८ मा क्युवामा नै लेप्टेस्पाईरोसिसका लागि होमियोप्याथि प्रभावकारी रहेको अध्ययन प्रमाणित गरेको छ ।

सन् १८४९ मा डा. बोनिङ्गसनले युरोपियन कलेरा, हैजाको महामारीमा सामान्य चिकित्सा तर्फ उपचार गराएको विरामीमा मृत्युदर ५४% देखि ९०% पाईएको थियो भने होमियोप्याथिक चिकित्सा तर्फबाट उपचार गर्दा मृत्युदर ५% देखि १६% मात्र पाईएको थियो ।
अमेरिकाको ओहायो राज्यमा सन् १८४९ मा भएको कोलेराको महामारीमा होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या ३% मात्र थियो ।

ईङलेण्डमा सन् १८५४ मा हैजाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा १६.४ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ५९.२ % मृत्युदर भएको थियो ।

डा. कटुवाल धनकुटास्थित जनभावना होमियोप्याथिकएण्ड होलिस्टिक हस्पिटलका प्रमुख हुन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जनज्योती सहकारीबाट धनकुटाका सञ्चारकर्मीहरुको कोरोना बीमा

Next Post

धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

Next Post
धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..