• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

Dhankuta News by Dhankuta News
२०७७, १९ जेष्ठ सोमबार २२:५१
0
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

धनकुटा १९ जेष्ठ । घर भाडा मिनाहा अभियान हालसम्म तीनसय भन्दा बढी घरधनीहरुले मिनाहा गरेका छन् । सरकारले कोरोना भाईरस संक्रमण फैलिन नदिन जारी गरेको लकडाउनको कारण व्यवसाय सञ्चालन गर्न नसकेको कारण घरभाडा मिनाहा गर्न आग्रह धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेअनुसार सो मिनाहा गरेको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
घरभाडा मिनाहा गर्नेहरुमा संघका अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष, पूर्व राष्ट्रिय खेलाडी, कलाकार, नागरिक समाजका अध्यक्षसहित ३ सय जना भन्दा बढी रहेका छन् । लकडाउनको कारण लगाएपछि सम्पूर्ण व्यापार ब्यवसाय बन्द भएपछि व्यवासायीहरु ठूलो संकटमा परेका छन् ।

यसैक्रममा संघका पूर्व अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. १ का वडा सदस्य लालचन्द्र गोङ्वा, पूर्व खेलाडी तथा कलाकार पियुस श्रेष्ठ तथा आशा देवान श्रेष्ठ र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागाईले भाडा मिनाहा गरिदिएको आज घोषणा गरेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।

यसैगरी हिलेका लक्ष्मी लामिछाने, कृष्णराज जोशी, लक्ष्मीदेवी जोशी, किरणकुमार शाक्य, केशरबहादुर थापा, छेकु तामाङ्ग, विरबहादुर विसंखेले व्यवसायीहरुलाई घर भाडा छुट गरिएको संघका कार्यकारी सदस्य डिजेश शाक्यले जानकारी दिए । यसैगरी धनकुटा ६ का गंगादेवी खड्गी, शिखर श्रेष्ठ, हरिकुमार श्रेष्ठले पनि एक महिनाको घर भाडा मिनाहा गरिदिएका छन् ।

व्यापारी तथा व्यवसायीहरुले लकडाउनको कारणले पसल दुई महिना भन्दा बढिदेखि बन्द भएकोले मानवीय नाताले पनि आफुहरुले लकडाउन अवधिभरको पुरै घर भाडा मिनाहा गरिदिएको पूर्व खेलाडी तथा कलाकार पियुस श्रेष्ठ, आशा देवान श्रेष्ठ र किरणकुमार शाक्यले बताए ।

यस अघिनै संघको अनुरोधमा तल्लो कोप्चेका त्रिभुवन श्रेष्ठ, विचबजारका पूर्णकृष्ण श्रेष्ठ, मदनचौकका पुष्करप्रसाद जोशीलगायत ८७ जना भन्दा बढीले घर भाडा मिनाहा गरिदिएको संघले जनाएको छ । यस्तै हिलेका हेमकुमारी लिम्बु, थामबहादुर लिम्बु, जंग क्षेत्री, निरवहादुर गोङ्देन, धनबहादुर मोक्तान लगायत १७ जना घरधनीहरुले घर भाडा मिनाहा गरिदिएको संघका महासचिव रामबहादुर गोङ्वाले बताए ।

व्यापारी तथा व्यवसायीहरुलाई संकट तथा दुःखको अवस्थामा मानवीय नाताले सहयोग गर्ने क्रममा जिल्लाभर गरी अहिलेसम्म ३ सय २५ जना भन्दा बढीले घर भाडा मिनाहा गरिसकेका छन् । यस्तै ४ जना घरधनीहरुले घर भाडा मिनाहा गर्ने प्रतिवद्धता जनाएको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

संघले धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकस्थित व्यापारिक भवनहरुका सटरहरुको भाडा, धनकुटा र हिलेको हटियाको भाडा तथा कर मिनाहाका लागि पहल भैरहेको जनाएको छ । यस्तै अस्पतालको व्यापारिक भवनहरुमा रहेको पसलहरुको समेत घर भाडा छुटका लागि अस्पताल विकास समितिलाई अनुरोध गरेको वरिष्ट उपाध्यक्ष मन कुमारी तितुङ्गले बताईन ।

संघका अध्यक्ष बिजयसन्तोषी राई र उपाध्यक्ष कृष्णराज श्रेष्ठले कोरोना भाईर नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवासय बन्द हुदाँ व्यवसायीहरुलाई आर्थिक मार परिरहेकोले घर धनीहरुले घर भाडा मिनाहा गरी सहयोग गरेका समस्त घरधनीहरुलाई आज धन्यवाद दिदै अन्य घर धनीहरुलाई पनि घर भाडा छुट गरिदिई संकटमा सहयोग गर्न पुनः अपिल गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथी ः महामारीमा एक विकल्प ः

Next Post

पत्रकार महासंघलाई सांसद राईबाट सहयोग

Next Post
पत्रकार महासंघलाई सांसद राईबाट सहयोग

पत्रकार महासंघलाई सांसद राईबाट सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..