धनकुटा २३ जेष्ठ । क्यारेन्टाईनमा रहेकालाई खाना, खाजाको सम्पूर्ण खर्च नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्यामपसका सभापति यूवा नेता करुणा कटुवालेले प्रदान गरेका छन । उनले महालक्ष्मी नगरपालिकाको वडा नंं १ स्थित श्री शारदा मावि पारी खाप्प्राङ्गमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको खाना तथा तथा खाजा खर्चबापतको रकम सहयोग गरेका हुन् ।
सो क्वारेन्टाईनमा हाल सोही बडाका ४ जनालाई १४ दिनको खाना, खाजाका लागी आवश्यक रकम उनले वडाध्यक्ष टेकबहादुर गुरुङ्गलाई दिएका हुन् । उनले सो बापत लाग्ने रकम भनि नगद १६ हजार आठ सय रुपैया प्रदान गरेको हो ।
बाहिरबाट आफ्नो घर आएका उक्त वडाका दलित समुदायका ४ जनालाई उक्त क्वारेन्टाईनमा राखिएको छ । लकडाउनका कारण घर जान नपाई बिचल्लीमा परेका धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरतलगायत पूर्वी पहाडका विभिन्न जिल्लाका ४६ जना विद्यार्थीहरुलाई यस अघि पनि उनको पहलमा नेपाली कांग्रेस धनकुटाको सहयोगमा चामल, दाल, चिनी, नुनलगायत दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।