धनकुटा २४ जेष्ठ । जिल्ला सदरमुकाममा कोरोना अस्पताल र ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्न माग गर्न माग गरिएको छ । सो माग गर्दै सो स्थापना गर्न धनकुटा उद्योग बाणिज्य संघ अन्य संथाहरुसँग समन्वय गरी सहयोग गर्ने तयार रहेको जनाएको छ ।
कोरोना महामारी दिन प्रतिदिन फैलदै गएको अवस्थालाई मध्यनजर गर्दै धनकुटा जिल्लामा फैलिन नदिई नियन्त्रण गर्नका लागी कोरोना अस्पताल र क्वारेन्टाईन आवश्यक रहेको संघले बताएका हुन् ।
अहिले विभिन्न मुलुकमा रोजगारीका लागि गएका नेपालीहरु फर्कने क्रम जारी छ । फर्केर आउनेहरुलाई व्यवस्थापन गर्न संघीय सरकार तथा प्रदेश सरकारले मात्र सम्भव नहुने संघले जनाएको छ । यसका लागि स्थानीय तह र निजी क्षेत्र सहभागी हुन आवश्यक रहेको संघका अध्यक्ष विजय सन्तोषी राइले बताए ।
प्रत्येक वडामा विदेशबाट आउने वडावासीहरुलाई वडा कार्यालयलेनै निजी संस्थाहरुसँग समन्वय गरेर क्वारेन्टाईन स्थापना गर्नुपर्छ । उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नु पर्ने व्यवस्था मिलाउनु पर्ने होटल एशोसिएन भेडेटारका अध्यक्ष जितेन्द्र राईले बताए ।
आगामी दिनमा लकडाउन खुकुलो भएसँगै कोरोना भाईरस फैलिने अवस्था भयाभव हुनसक्ने संकेत देखिएको छ । यस्तो अवस्थामा सदुरमुकामा पिसिआर परिक्षण ल्याप सहितको कोरोना अस्पताल आवश्यक रहेको छ । त्यसका लागि निजी क्षेत्र आतेमालो गर्न तयार रहेको संघका अध्यक्ष राईले बताए ।
वजार खुल्ला भएसँगै विशेष योजना सहित कोरोना भाईरसलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचाल्ने हो भने अवस्था भयाभव हुनसक्ने धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले बताए । सरकार वा स्थानीय तहको प्रयासबाट मात्र अब कोरोना भाईरस नियन्त्रण हुन सक्ने अवस्था नभएको उनले बताए ।
भोलीका दिनमा कोरोना भाईरसको विरामी बढ्दै गएको अवस्थामा धरान विराटनगरमा उपचार गर्न सम्भव नहुने अवस्था हुन्छ । त्यसैले आफ्नै जिल्लामा उपचार गर्न कोरोना अस्पताल र ६० वटै वडामा क्वारेन्टाईन अनिवार्य स्थापना गर्न आवश्यकता रहेको डंगोलले बताए ।