धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ श्रीवानीमा शंखधर शाख्वाको प्रवेशद्वार निर्माण हुने भएको छ । सो प्रवेशद्वार प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको पाँच लाख र जनश्रमदान ५० हजार गरी जम्मा पाँच लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको जनाएको छ । सो प्रवेशद्वारको एक कार्यक्रमका वीच प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ र नेवाः देः दवुका केन्द्रिय उपाध्यक्ष नवीनकिोर शाक्याले शिलान्यास गरेका छन् ।
सो प्रवेशद्वार नेवारी पहिचान झल्कने गरी निर्माण गर्न लागिएको नेवाःपुचः धनकुटाका अध्यक्ष श्रीकृष्ठ प्रधानले बताए । सो प्रवेशद्वार आगामी असार मसान्तसम्ममा निर्माण भैसक्ने उनले जानकारी दिए ।
प्रवेशद्वाको उचाई २१ फिट र साढे ५ मिटर चौडा रहने प्रधानले जानकार िदिए । उनकाअनुसार प्रवेशद्वारको दाँयावाँया पानस ४ वटा, वीचमा सुकुन्दा, पिलरको विच भागमा ४ वटा मुकुण्डोसँगै म्याकामु र स्यानामु, पिलरको दुवै तिर खडलु र घण्टी राखिने निर्माण उपभोक्ता समितिका अध्यक्ष केदारनाथ श्रेष्ठले जानकारी दिएका छन् ।