धनकुटा ३० जेष्ठ । धनकुटा उद्योग बाणिज्य संघलाई जनभावना होमियोप्याथिक हस्पिटल प्रा.लि. ले इम्युनिटी पावर बढाउने औषधि प्रदान गरेको । सो औषधिले कोरोना भाईरस फैलन नदिन सहयोग गर्ने जनाएको छ ।
होमियोप्याथिकका संचालक डा. खगेन्द्र कटुवालले वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई र कोषाध्यक्ष रुपेश श्रेष्ठलाई एक कार्यक्रमका वीच होमियोप्याथी बिधिबाट तयार गरिएको सो औषधि प्रदान गरेको हो । सो अवसरमा डा. खगेन्द्र कटुवालले विश्वमै यो औषधिले कोरोना भाईरस लाग्नबाट बचाउँदै आएकोले यो औषधि लोकप्रिय बन्दै गएको जानकारी दिए ।
वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले कोरोना भाईरस लाग्न नदिनका लागी धनकुटाका उद्योगी, व्यापारी र व्यवसायीहरुलाई भावना होमियोप्याथिक हस्पिटलसँग समन्वय तथा सहकार्य गरेर वितरण गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विदुर खवासलगायत संचारकर्मी तथा अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
हस्पिटलले यस अघि जिल्लामा क्रियाशील पत्रकारहरुलाई पनि सो औषधि वितरण गरिसकेको छ । यस औषधिको सबैभन्दा असल पक्ष भनेको यसले कुनैपनि प्रकारको साईड इफेक्ट नगर्ने डा. खगेन्द्र कटुवालले जानकारी दिए ।